February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

पहिचान आन्दोलनलाई प्रवासबाट सबैखाले सहयोग गरिनुपर्छ –डा. लावती

9.9K

न्यूयोर्क । कोशी प्रदेश नामाङकन गरेको विरूद्वमा भएको आन्दोलनको क्रममा सहादत प्राप्त गरेका पदम लिम्बु लाजेहाङलाई नेपाली समाज अमेरिकाले अप्रिल ३० का दिन सम्पन्न न्यूयोर्कमा श्रदाञ्जली सभासहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सभामा अमेरीकामा क्रियाशिल पहिचानवादी विभिन्न सघ संस्था तथा व्यक्तिहरूको उपस्थिति रहेको थियो । संघीयता र पहिचानको विषयका विज्ञ प्राधापक डा. महेन्द्र लावतीले नेपाल बहुजातीय, बहुभाषिक, बहुपहिचानयुक्त विविधतामा एकता भएको मुलक रहेको बताएका थिए ।

“तर केही सिमीत जातिहरूले राज्यसत्ताको दुरूपयोग गरी एकल जातीय राज्यसत्ता निर्माण गरी आफ्नो एकल पहिचान कायम गरी अन्य पहिचानहरूमाथीको क्रमबद्व आक्रमण रहेको र प्रदेश न १ मा भौगोलिक, ऐतिहासिक र जातीय आधारमा, किरात, लिम्बुवान, शेर्पालुङलगायत अन्य विभिन्न कोच, मेचेसहित विभित पहिचानलाई सम्बोधन गर्नु अपरिहार्य छ ।” डा. लावतीको थप भनाई थियो ।

Advertisement

“पूर्वी नेपालको बस्ती बस्तीबाट पहिचानको आन्दोलनलाई हामी प्रवासबाट सुक्ष्म तरिकाले हेरिरहेका छौ, त्यसप्रति हाम्रो नैतिक, वैचारिक र आर्थिक सहयोग र ऐक्यवद्वतासमेत रहने कुरा सहभागीहरूले प्रतिबद्वता व्यक्त गर्नुभएको छ ।” डा. लावतीले भने ।