November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

किवानिस क्लव र नेफिन जापानको सहकार्यमा मगर जातिहरु बारे जानकारी गराउने कार्यक्रम सम्पन्न

फुर्वा शेर्पा
२०७९ चैत्र २४

2.2K

टोकियो । किवानिस क्लव चिवा र नेपाल आदिवासी जनजाति महासंघ, जापानको संयुक्त सहकार्यमा मगर जातिहरुको बारेमा संक्षिप्त जानकारी गराउने कार्यक्रम सम्पन्न भएको छ ।

गत सालको जूलाई महिनामा नै तय भएको बिहीवार सम्पन्न कार्यक्रममा मगरहरूको पहिचान, कला र भेषभुषा र ईतिहासको बारेमा चोटगरिमा जापानी नागरिक, सांसद र जापानी पत्रकारहरुबिच चर्चा गर्ने अवसर जुरेको हो । यस अघी किरात राई जातीको बारे चिनारी कार्य भएको थियो । भविश्यमा अरु जातीहरुको चिनारी कार्य पनि क्रमश गर्दै जाने योजना रहेको नेफिन जापानका उपाध्यक्ष शिशिर निङलेकु लिम्बुले जानकारी दिए ।

नेपाल देश भूगोलमा सानो भए पनि कला र संस्कृतिले विशाल छ भनेर जापानिजहरुलाई सुझाउदा जापानी नागरिकहरु अचम्म मान्दै नेपाल बारे थप अध्ययन गर्ने बताएको कार्यक्रममा उपस्थित नेफिन जापानको निवर्तमान अध्यक्ष सन्जिव राईले जानकारी दिए ।

Advertisement