टोकियो । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानको १८ औं महाधिवेशन सम्पन्न भएको छ । मार्च २६ तारिख आइतबार टोकियोस्थित इदाबासीमा सम्पन्न महाधिवेशन बागमती प्रदेश सभासद अमन कुमार मास्केको प्रमुख आतिथ्यता र जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गाबहादुर सुवेदीको विशेष आतिथ्यमा सम्पन्न भएको हो।
जनजाति महासंघमा आवद्ध १० जातीय संस्थाहरुको नेतृत्वबीच लामो छलफलपछि अध्यक्ष दावेदार चार उम्मेद्वारहरु श्री गुरुङ, शिशिर लिम्बु, रित राणा मगर र कर्मा वाङगेल लामाबीच सहमति जुट्न नसकेपछि चक्रीय प्रक्रियालाई अवलम्बन गरि अध्यक्षमा सुकुमान थिङ तामाङलाइ सर्वसम्मत रुपमा चयन गरिएको छ ।

महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा श्रीभक्त गुरुङ, उपाध्यक्षहरुमा केबी शेर्पा, शिशिर लिम्बू, थानु राना मगर र महिला उपाध्यक्षमा प्रमिला गौचन, महासचिवमा प्रमिला राई, सचिवमा बालविक्रम तिगेला, कोषाध्यक्षमा कान्छा लामा (शेर्पा), प्रवक्तामा भविन्द्र कुलुङ र सदस्यहरुमा क्रमश युवराज लाओती, नरेश राई, मनिश थापा मगर चयन भएका छन् भने अन्य महिला सचिव सदस्य गरि अन्य खाली ठाउँमा संघीय परिषदले मनोनित गर्ने भएको छ ।
त्यसैगरि अध्यक्ष प्रत्याशी हाललाई रित राना मगरलाई सल्लाहकारमा मनोनित गरेको छ ।

महाधिवेशनको बन्द सत्रबाट आर्थिक र प्रगति प्रतिवेदन पारित गरी नयाँ नेफिन जापान संघीय परिषद सचिवालय सर्वसहमत रूपमा थियो । कोषाध्यक्षको अनुपस्थिति रहकोले महासचिव शिशिर लिम्बुले नै प्रस्तुत गरेका थिए। महासचिव लिम्बुले अधिवेशन खर्च समावेश गरेर यही अप्रिल ४ तारिख एक कार्यक्रमका बीच बरबुझारत गर्ने समेत जानकारी दिए ।
नेपालमा संघीयताको बर्तमान अबस्थाबारे बहस
यसैबीच नेफिन जापानले १८ औं महाधिवेशनको संघारमा नेपालमा संघीयताको वर्तमान अवस्थाबारे वहस कार्यक्रम आयोजना गरेको छ । अतिथिवक्ताहरु मानवशास्त्री डा. संग्राम सिंह लामा, मिराक अध्यक्ष लोकतान्त्रिक राष्ट्रिय मंच मा. कुमार लिङ्देन, स्वास्थ्य मन्त्री प्रदेश नं. १ का निर्मला लिम्बू , प्रा.डा. महेन्द्र लावती,राजनीतिक विश्लेषक डा. के.के. राई, राजनीतिक विश्लेषक दिपक तुलाघर भाषा अधिकारकर्मी/ प्रिन्सिपल मोर्डन नेवा अंग्रेजी विद्यालय र मोफसलमा रहेर पत्रकारिता गरिरहेका वरिष्ठ पत्रकार भवानी बरालले नेपालमा संघीयताको बर्तमान अवस्थाबारे आफ्नो प्रस्तुतिहरु राखेका थिए ।

मायाको चिनो प्रदान
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानले १८ औं महाधिवेशनकै अवसरमा संस्थालाइ हर तवरबाट सहयोग पुर्याएका व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरेको छ ।
सम्मानित हुने व्यक्तित्वहरुमा नेपाली समुदायको विकास र सहयोग गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा नेपाली दुतावास टोकियोका राजदूत डाक्टर दुर्गाबहादुर सुवेदी र गैरआवासीय नेपाली संघ एनआरएन जापान रहेको छ ।
त्यस्तै नेफिन जापानले डा. महावीर पुनले संचालन गरेको राष्ट्रिय आविष्कार केन्द्र सहयोगार्थ हालै आयोजना गरेको सांस्कृतिक साँझमा आर्थिक सहयोग गरेका नेपाली समाज जापानका अध्यक्ष पेम्वा शेर्पा र पत्रकारितामार्फत सहयोग पुर्याएका पत्रकारहरु क्रमश नेपाल जापान डटकममा सम्पादक आनन्द कोइराला, नेपाल न्युज डटकमका प्रधान सम्पादक राजन गौतम, टेप न्युज डटकमका सम्पादक सजिना मोक्तान र आफ्नै न्युज डटकमका सम्पादक फुर्वा शेर्पा रहेका छन् ।
