सिक्किम । सुखिम याक्थुङ मुन्चइत चोक सयङ् तदर्थ समिति गठन भएको छ । विहीबार ग्यान्टोकमा सम्पन्न एक भेलाले चलचित्र निर्माता मोनि ताम्लिङ्को अध्यक्षतामा समिति गठन गरेको हो ।
सिक्किमका लिम्बू चलचित्रकर्मीहरुको हकअधिकार, संरक्षण, सम्बर्द्धनको लागि गठित समितिको उपाध्यक्ष चन्द्रमाया लिम्बु, सचिव सुशिला तुम्रोक, सहसचिव हर्कवीर खाम्दाक, कोषाध्यक्ष बिबि लिम्बू, सहकोषाध्यक्ष बिनिता लिम्बू, सुचना सञ्चार संयोजक सञ्जय कुमार सुब्बा, कार्यक्रम संयोजक शरण सावदेन र सल्लाहकारमा एम बि लिम्बू र शुकबीर चोङ चयन भएका छन् ।
उक्त तदर्थ समितिले सिक्किम भरिका सम्पूर्ण याक्थुङ कलाकारहरुको भेला गरी कार्यसमिति निर्माण गर्ने अध्यक्ष ताम्लिङ्ले बताए ।