काठमाडौं । यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ । फ्रेबुअरी ३ मा खोलिएको बिग टिकट लक्की राफल ड्रमा कतारमा कार्यरत नेपालका रन्जितकुमार पालले २३ मिलियन दिराम (८२ करोड रुपैयाँ) जितेका हुन् ।
प्रत्यक्ष प्रसारण गरिएको भाग्य चिट्ठामा उनलाई फोनमार्फत सम्पर्क गर्न खोजे पनि उनले फोन उठाएनन् । उनको बारेमा थप विवरण खुल्न बाँकी नै छ ।