-नर बहादुर टण्डन
आज भोलि नेपालको एयरपोर्टमा भएको अत्याचारको विषयमा गैर आवसीय नेपाली संघ(एनआरएनए)बाट कुनै चासो नराखेको देख्दा मन खिन्न भएको छ । आखिर एआरएनए कस्को लागि र के का लागि बनेको हो ? प्रश्न गर्न मन लागेको छ । यदि हामी विदेशमा बस्ने नेपालीलेहरु ले आफ्नो मातृभूमि नेपालमा आउँदा आफन्तलाई १ २ ओटा मोबाइल एक ल्यापटप अथवा केही गरगहना लिएर नेपाल आउँदा नेपाल सरकारलाई के को आपत्ति ?
नेपाललाई केही पर्दा एकआपसमा काँधमा काँध राखी सधैं सहयोग गर्ने हामी विदेशमा रहने नेपालीलाई गरेको अपमानले हामीलार्इ एकदम दुःखित बनाएको छ । एयरपोर्ट भन्सारका कर्मचारीको त्यो रुखो बोली र अभद्र ब्यवहार गरेको देख्दा जो नेपाललाई माया गर्छ उनीहरुको मन कति दुख्छ होला ? म पनि नेपाल सरकारको प्रतिनिधिका हिसाबले पनि विदेशका विदेशीहरुलाई नेपाल जान प्रेरित गर्दै आएको पनि एक दशक भइसक्यो तर यस्ता हर्कत एयरपोर्टका कर्मचारीले गरेका देख्दा अब नेपाल सरकारले छिटो भन्दा छिटो सिस्टम ल्याउनुपर्छ । यस्तो गम्भीर विषयमा एनआरएनए ग्लोबलको भूमिका पनि प्रभावकारी देखिएन । ‘एक पटकको नेपाली सँधैको नेपाली’ भनेर भन्ने एनआरएए एयरपोर्टमा भइरहेको व्यथितिका बारेमा चुप लागेर बस्नु हास्यस्पद छ । नेपाललाई संकट पर्दा विश्वभरका एनआरएनए एकजुट भएर सहयोग गर्छन तर एयरपोर्टमा दुःख पाउँदा एनआरएनए ग्लोबल किन बोल्दैन ?
सरकारको यही प्रबृत्ति हो भने भने अथिति देव भवको कहाँ हराउला ? पर्यटकले पनि कस्तो अनुभुती गर्लान ? सरकारले कुन मोबाइल व्यापारीसंग साथ लिएर नेपालीलाई दुःख दिएको ? नेपाल सरकार छिटो भन्दा छिटो नेपाल आउने नेपाली वा विदेशी पाहुनालाई राम्रो सेवा गरोस । राम्रो गर्नेलाई पुरस्कार र दुःख दिने स्टाफलाई कामबाट निकाला गर्न छिटो भन्दा छिटो व्यवस्था होस । चाँडो आफ्नो घर वा परिवारलाई भेट्न आएका आफ्ना नागरिकलाई दुःख होइन माया गरी दिनुहोला । नेपाल सरकारसँग यही अनुरोध गर्दछु (टण्डन क्यानाडाका लागि नेपाल सरकारका पर्यटन सद्भाव दूत हुन)