November 3, 2024, Sunday
२०८१ कार्तिक १९
1:37:26 pm

क्यानाडाका पर्यटन दूत टन्डनको अगुवाइमा ‘नेपालका लागि शिक्षा’अभियान संचालनको तयारी

9.1K

काठमाडौं । क्यानडाका लागि नेपालको पर्यटन दुत नरबहादुर टण्डन(एनबी)को अगुवाइमा ‘नेपालका लागि शिक्षा अभियान’को परिकल्पना गरिएको छ । नेपालका दुर्गम तथा पिछडिएको क्षेत्रबाट एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई प्रोत्साहित गर्न अभियानको तयारी थालिएको हो ।

केही समय अघि तुलसीपुर उप महानगरपालिकाले पर्यटन सल्लाहकार भएका टन्डन क्यानडमा नेपाल झल्कने गरी बिभिन्न पटक महोत्सव समेत गरेका छन् भने आफ्नो निजी लरी ट्रकमा नेपाल झल्कने तस्विरहरुसहित क्यानाडा र अमेरिकाभर प्रचार प्रसार गरीरहेका छन् । साथै उनी असाहय, गरिब तथा निमुखाहरुका लागि पनि सेवा गरिरहेका छन् ।

यस पटन आफूले विदेशी भूमिमा बसेर नेपालको शिक्षा क्षेत्रको उत्थानका लागि काम गर्न खोजेको टन्डनले जानकारी दिए । ‘यो अलिक भिन्न अभियान हो । नेपालका विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने अभियान हो । दुर्गम क्षेत्रमा रहेका सामूदायिक विद्यालयबाट एसइइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, अनुशासित शिक्षक लक्षित कार्यक्रम हो’, उनले भने,‘यो अभियानले विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहित गर्छ । नेपालको शिक्षा क्षेत्रमा सानो भए पनि सहयोग पुग्छ भन्ने हो ।’

Advertisement

क्यानाडा नेपाल पर्यटन संस्कृति तथा व्यापार मंचको संयोजनमा अभियान संचालन हुने टन्डनले जानकारी दिए । अभियानमा विषयमा प्रारम्भिक खाका तयार भएको र थप छलफल गरी बृहत्तर रुप दिएर काम थाल्ने उनको भनाइ छ ।

‘नेपालका लागि शिक्षा’अभियान(प्रस्तावना)

नेपालको शिक्षा क्षेत्र सुधारोन्मुख भए पनि पर्याप्त छैन । बिद्यालय शिक्षाको गुणस्तर सुधार्न सरकारले बर्षेनी अर्बौ बजेट विनियोजन गरे पनि त्यसको प्रभावकारिता देखिएको छैन । विद्यार्थी भर्नै नहुने, भर्ना भएका पनि नियमित नहुने, आर्थिक अवस्थाका कारण विद्यालय जान बन्चित हुने गरेका प्रशस्त घट्नाहरु छन् । विद्यालय नियमित गइरहेका विद्यार्थीहरुलाई पनि प्रोत्साहित गर्ने परिपाटी छैन । दुर्गम र पिछडिएका भेगमा विद्यार्थी र विद्यालयको अवस्था झन दयनीय छ । जेनतेन एसइइसम्म अध्ययन गरेपनि त्यसपछिको उच्च शिक्षाका विषयमा विद्यार्थीहरुलाई अन्योलता र विविध समस्याहरु छन् । यसका लागि एउटा पृथक र प्रभावकारी अभियान संचालन गर्नु जरुरी छ । त्यसैले विदेशमा रहेका नेपालीहरुको सहयोगमा ‘नेपालका लागि शिक्षा अभियान’को परिकल्पना गरिएको छ ।

अभियानमा के के गर्ने ?

–दुर्गमका सामूदायिक स्तरका विद्यालयमा रहेका विद्यार्थीहरुका लागि शैक्षिक जागरण संचालन गर्ने । छात्रबृद्धिका लागि कोष संचालन गर्ने ।
–विदेशमा रहेका नेपालीको सहयोगमा नेपाल–क्यानाडा शिक्षा परियोजनाको अवधारणा बनाउने र संचालन गर्ने
–बर्षेनी एसइइ उत्तिर्ण गरेका १० जना विद्यार्थीलाई क्यानाडामा अवार्ड प्रदान गर्ने । साथै दुर्गम तथा पिछडिएका क्षेत्रका विद्यालयमा अध्यापन गराउँदै आएका उत्कृष्ट शिक्षक छनोट गरी अवार्डको व्यवस्था गर्ने ।
–सोही किसिमको कार्यक्रमा विदेशमा रहेका नेपालीहरुको संयोजनमा फरक फरक देशमा अवार्ड, शिक्षा जागरण, छात्रबृद्धि वितरण लगायतका कार्यक्रम चलाउने ।
–अभियानका लागि विदेशमा रहेका नेपाली, नेपालमा रहेका शिक्षा सेवामा रहेका व्यक्ति, स्थानीय स्तरका सरोकारवालाहरु, संचारकर्मीहरु सम्मिलित कार्यदल बनाइ काम गर्ने ।