May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

पशुपति वृद्धाश्रमका वृद्धहरुलाई एनआरएनएको न्यानो कपडा

1.9K

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को परोपकारी कार्य अन्तर्गत संघका अध्यक्ष डा.बद्री केसीद्वारा समाज कल्याण केन्द्र पशुपति वृद्धाश्रममा रहेका वृद्धहरुलाई विहीबार न्यानो कपडा वितरण गरिएको छ । कपडाका लागि संघका उपाध्यक्ष आरके शर्माले आफ्नो जन्म दिनको अवसरमा आर्थिक सहयोग गरेका हुन् ।

कार्यक्रममा संघका युवा संयोजक अब्दुल बसिद, प्रमुख कार्याकारी अधिकृत रवि किरण अधिकारी, अधिकृत कुनाल मिश्रा, समाज कल्याण केन्द्र पशुपति वृद्धाश्रमका प्रमुख ओम प्रसाद पाण्डे र पिजन ईन्जीनियरिंगका नेपालका निर्देशक रामकृष्ण चौलागाईका साथै पत्रकारहरु तथा आश्रमका कर्मचारीहरुको उपस्थिति थियो ।

समाज कल्याण केन्द्र पशुपति वृद्धाश्रमका प्रमुख ओम प्रसाद पाण्डेले स्वागत मन्तव्य राख्दै यस परोपका कार्यको लागि संघलाई धन्यबाद व्यक्त गरेका थिए । कार्यक्रमले आश्रम र संघको विच एक पुलको काम गर्ने आशय राखे । त्यस आश्रममा एउटा भेटघाट स्थल निर्माण र स्वास्थ्य सेवालाई सबलीकरणमा संघले टेवा पुर्याउनु बिश्वाश व्यक्त गरेका थिए ।

Advertisement

संघको तर्फबाट आफ्नो मन्तब्य राख्दै अध्यक्ष डा.केसीले नेपालमा संघ परोपकारी कामले गर्दा नै प्रख्यात रहेको र संघले आफ्नो स्थापनाकाल देखि नै पशुपति क्षेत्रमा काम गर्दै आएको भन्दै आर्थिक सहयोग जुटाउने उपाध्यक्ष शर्मालाई धन्यवाद दिए ।

संघले पशुपति क्षेत्रमा एक सुबिधा सम्पन्न सय सैयाको आधुनिक वृद्धाश्रम निर्माणको लागि प्रयत्नशिल रहेको र जग्गा प्राप्त हुनासाथ निर्माण अगाडी बढाउने कुरा व्यक्त गरेका थिए । औपचारिक कार्यक्रम सके लगतै ९४ जना वृद्ध आमा बुबाहरु र १४ कर्मचरीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।