April 13, 2024, Saturday
२०८१ बैशाख १
1:37:26 pm

गैरआवासीय नेपाली नागरिकता चाँडो कार्यान्वयन गर्न अध्यक्ष आचार्यको आब्हान

1.4K

काठमाडौँ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्यले जति सक्दो चांडो गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्न नेपाल सरकार तथा सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन्।

गैरआवासीय नेपाली संघ दिवस (एनआरएन डे)को समापन समारोहलाई सम्बोधन गर्दै आचार्यले नेपालको संविधानमा उल्लेख भएको सात वर्षसम्म उक्त प्रावधान कार्यान्वयन हुन नसकेको बताए। संसदका दुवै सदनबाट दुइ, दुइ पटक पारित भएर जाँदा पनि राष्ट्रपति विद्या देवी भण्डारीले प्रमाणी कारण न गरिदिएका कारण नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ अझै कार्यान्वयनमा आउन नसकेको प्रति संघले दुख व्यक्त गरेको छ।

‘संसारभरिका नेपालीहरुले अहिलेसम्म नागरिकता मागी रहेका छौं, नागरिकता कुरी रहेका छौं । गैरआवासीय नेपाली नागरिकता कोशे ढुंगा हुनसक्छ नेपालको लागि। यसले नेपालीहरुको श्री सम्पत्ति बाहिर जानबाट रोक्छ र बाहिरबाट लगानी भित्र्याउंछ,’ उनले भने।

अध्यक्ष आचार्यले संघमा तीन, तीन जना अध्यक्ष भए पनि आफुहरु मिलेर अगाडी बढ्ने प्रयत्न गरिरहेको बताए। उनले वैदेशिक रोजगारमा रहेका नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको र निरन्तर प्रयासको फलस्वरुप एनआरएनहरुका लागि डलर एकाउन्ट खोल्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले पटक पटक नियमावली संशोधन गरेर सहजीकरण गरेको बताए। ‘यो सुविधालाई बढी भन्दा बढी प्रयोग गर्न म सबै साथीहरुलाई आग्रह गर्दछु,’ उनले भने।

Advertisement

उनले गैरआवासीय नेपालीहरुलाई पनि नेपाली सरह नेपालमा लगानी गर्ने वातावरण बनाइ दिन आग्रह गरे। त्यस्तै आचार्यले भने, ‘संसारभरि रहेका हामी नेपाली हरुले मातृभूमिको गुन तिर्ने बेला आएको छ, हाम्रो जिम्मेवारी पुरा गर्ने बेला आएको छ।’

https://www.facebook.com/watch/?v=5263137430464689&extid=NS-UNK-UNK-UNK-AN_GK0T-GK1C&ref=sharing
https://www.facebook.com/watch/?v=5263137430464689&extid=NS-UNK-UNK-UNK-AN_GK0T-GK1C&ref=sharing