November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

झापाका थेबे मलेसियामा बेपत्ता

5.2K

काजाङ, मलेसिया । झापा, बालुबाडी– ९ निवासी वीरबहादुर थेबेका छोरा सहमान थेबे गत सेप्टेम्बर १ देखि वेपत्ता भएका छन् । उनी ५ बर्ष अघि मलेसिया गएका थिए ।

साथीभाई घरपरिवारबाट जानकारी आएअनुसार गत सेप्टेम्बर १ मा आफ्नो तलब लिएर बेलुकी साढे ९ बजे उनी कोठाबाट निस्किएका थिए । सामान्यतया एकदुई घण्टा या एक दिन बेखबर हुनु स्वभाविक माने पनि दशौंदिनसम्म सम्पर्कमा नआएपछि भने उनको खोजी हुन थालेको हो ।

कम्पनीका साथीहरु र नेपालस्थीत घर परिवारबाट सम्पर्क बिहिन हुँदा घर परिवार आफन्त ज्यादै चिन्तित भएका छन् । उनको खोजी गरिदिन सम्बन्धित निकाय तथा संघसंस्थामा अनुरोधसमेत गरिसकेका छन् । उनी फेला परेको खण्डमा नेपालमा ९८१६०९६३९६ र मलेसियामा ०११६११७३९५२२ मा सम्पर्क गरिदिन समेत अनुरोध गरेका छन् ।

Advertisement