November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रवासी भुजेल समाज कतारले १२औँ स्थापना दिवस तथा चेलीबेटी भेटघाट कार्यक्रम गर्ने

3.9K

दोहा । प्रवासी भुजेल समाज कतारले आफ्नो १२औँ स्थापना दिवस तथा चेलीबेटी भेटघाट कार्यक्रम गर्ने भएको छ ।

“भुजेल जातिको बिकास र उन्नतिको आधार सास्कृतिक चेतना शिक्षा र रोजगार” भन्ने मुल नाराका साथ कतारमा सन् २०१० देखि स्थापना भएको समाजले आफ्नो १२ औ स्थापना दिवस तथा चेलिबेटी भेटघाट कार्यक्रम गर्ने भएको हो ।

कतारको ग्रान्ड मलस्थित एसियन रेस्टुरेन्टको सभाहलमा आगामी ९औ सेप्टेम्बर शुक्रबारका दिन कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष युवराज भुजेलले जानकारी दिएका छन् ।

Advertisement

भुजेलले कार्यक्रममा कतारमा कार्यरत भुजेल दाजुभाई तथा दिदिबहिनी साथै गैर भुजेल दाजुभाई दिदिबहिनीहरूलाई पनि उपस्तिथिको लागि अनुरोध समेत गरेका छन्