November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

स्याङ्जा परिवार किम्हे बुसानले बालगृह सहयोगार्थ ‘ए मेरो हजुर–४’ प्रदर्शन गर्ने

4.4K

बुसान । स्याङ्जा परिवार किम्हे बुसान साखाले बालगृह सहयोगार्थ ‘ए मेरो हजुर–४’ प्रदर्शन गर्ने भएको छ । अगष्ट १४ मा कोरियाको दोस्रो ठुलो शहर किम्हे/बुसानमा चलचित्रको प्रदर्शन गर्ने आयोजकल जनाएको छ ।

नेपालमा भव्य सफल प्रदर्शन भएको उक्त चलचित्र प्रदर्शन गर्नुको उदेश्य स्याङ्जा जिल्लामा रहेको एक मात्र बालगृहलाई सहयोग गर्नु रहेको छ ।

अमोर सेवा नेपालद्वारा संचालित उक्त बालगृह स्याङ्जाको फेदिखोलामा रहेको छ । यसै बालगृहको लागि भवन निर्माणमा सहयोग गर्ने उदेश्यले चलचित्र प्रदर्शन गर्न लागिएको भनेर स्याङ्जा परिवार किम्हे÷बुसान साखाका अध्यक्ष कमल अर्यालले जानकारी दिए ।

Advertisement

अध्यक्ष अर्यालले सम्पूर्ण नेपाली चलचित्र प्रेमी दाजुभाई दिदिबहिनीहरुलाई मनोरञ्जन साथै समाज सेवामा हातेमालोका लागि उपस्थित जनाईदिन अनुरोध गरेका छन् ।