May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

गोर्खाली समाज युकेको अध्यक्षमा अशोक ढकाल सर्वसम्मत निर्वाचित 

430

लण्डन । गोर्खाली समाज युकेको अध्यक्षमा अशोक ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । शनिवार साउथ ह्यारो स्थित फुटबल क्लवमा सम्पन्न समाजको आठौँ अधिवेशनले ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

निर्वतमान महासचिव रहेका ढकाल अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन समितिका मुख्य निर्वाचन आयुक्त भरत रोका,निर्वाचन आयुक्त– विष्णु तामाङ, सुरबहादुर घले, शकुन्तला गुरुङ र जगत थापाले घोषणा गरे ।

अध्यक्षमा निर्वाचित भएलगत्तै लण्डन नेपाल न्यूजसगं कुराकानी गर्दै ढकालले आफुलाई अध्यक्षमा सर्वसम्मत चयन गर्न सहयोग गर्ने र समर्थन गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । उनले अब संस्था हाँक्ने जिम्मेवारी आफ्नो काँधमा आईपरेको भन्दै जिम्मेवारीपूर्वक भुमिका निर्वाह गर्ने र समाजलाई अझै सामाजिक क्षेत्रमा सक्रिय बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement

नवगठित समितिको वरिष्ठ उपाध्यक्ष हेमकुमार गुरुङ,उपाध्यक्ष महिलामा टकमाया गुरुंग र माया गुरुङ मिचेल तथा कोषाध्यक्षमा सागर ढकाल चयन भएका छन् ।

नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष हेमकुमार गुरुङले सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न भएको भन्दै आफुलाई वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन गरेको प्रति आभार व्यक्त गरे ।

अधिवेशन सम्पन्न गर्न आशिषराज पन्त, विकल आचार्य, राजकुमार गुरुङ, ऋषि खनाल र धनबहादुर घलेले विशेष भूमिका निर्वाह गरेका थिए ।

को हुन् अध्यक्षमा निर्वाचित अशोक ढकाल ?

गोर्खा श्रीनाथकोट बाट २००९ मा बेलायत आएका ढकाल विगत १० वर्षदेखि नोर्थोल्ट क्षेत्रमा परिवारका साथ बसोबास गर्दै आईरहेका छन् । उनले लण्डनमा सिनियर क्वान्टिटी सुरभीयोर (क्भलष्यच त्तगबलतष्तथ क्गचखभथयच) को काममा रहेका छन् ।

महासचिव रहँदा उनले समाजलाई आफ्नै नेतृत्वमा च्यारिटीमा दर्ता गर्न विशेष भुमिका निर्वाह गरेका थिए ।

त्यस्तै भुकम्प,कोरोना महामारी लगायतका अन्य प्राकृतिक विपत्ति र प्रकोपहरुमा गृह जिल्लामा थुप्रै आर्थिक तथा भौतिक सामाग्रीहरु समेत ढकालकै नेतृत्वमा पठाईएको थियो ।

सन् २००२ सालमा लण्डनमा स्थापित गोर्खाली समाज युके बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको संस्था हो। संस्था विभिन्न सामाजिक कार्यमा क्रियाशिल रहेका छन् ।

www.londonnepalnews.com बाट साभार ।