February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

एनपीसीसी यूकेले गर्यो साँसद शाहीसंग अन्तरकृया

2.3K

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूकेले) हाल बेलायत भ्रमणमा रहनुभएकी प्रतिनिधि सभा साँसद रंगमती शाहीसंग एक अन्तरकृया गरेको छ ।
गत मार्च १३ आइतबारको दिन पश्चिम लण्डनको फेलथाममा अवस्थित नमस्ते गोर्खामा भेटघाट तथा अन्तरकृया गरेको हो ।

एनपीसीसी यूकेका अध्यक्ष युवराज गुरुङको सभापतित्वमा भएको कार्यक्रममा समितिका सदस्यहरु, सल्लाहकारहरु र नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रममको प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै माननीय रंगमती शाहीले बेलायतमा आएर काँग्रेसीहरु भेट्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनु भयो ।

Advertisement

नेपाली कांग्रेस पार्टीको केन्द्रीय सदस्य समेत रहनुभएकी प्रतिनिधि सभा सदस्य शाही वेस्टमिनिस्ट संसदीय प्रणाली बारे अध्ययन र अनुसन्धान गर्न आफ्नो टोलीका साथ बेलायत आउनुभएको एनपीसीसी यूकेका महामन्त्री इन्द्रहाङ लिङ्देनले बताए ।