January 23, 2022, Sunday
२०७८ माघ १०
1:37:26 pm

नेपाली वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा धनबहादुर सार्की निर्वाचित

575

लण्डन । नेपाली वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा धनबहादुर सार्की निर्वाचित भएका छन् । शनिबार क्रेन विथ एण्ड एसोसिएसन, द. क्रेन सेन्टर, हेएजमा गरेको अधिवेशनले धनबहादुर सार्कीलाई दोस्रोपटक अध्यक्षमा निर्वाचित गरेको हो ।

सार्कीको नेतृत्वमा उपाध्यक्षमा तेजेन्द्र गुरुङ, महासचिव सम्सेर नेपाली, सचिव बुद्धि बहादुर रुचाल, कोषाध्यक्ष धबिन्द्र बौडेल, सहकोषाध्यक्ष किरण नेपाली तथा सदस्यहरुमा सन्जय नेपाली, आशादेवी रोका र इलिजा बसेल ९ सदस्यीय कार्यसमिति चयन भएका छन् ।

दोस्रोपटक निर्वाचित बनेका सार्कीले संस्था स्थापना नै मानवीय सेवामूलक कार्यका लागि गरिएको बताउदै यस अभियानमा कहिँ कतैपनि विचलित नभई अघि बढ्ने र संस्थालाई अझै बलियो बनाउने बताए ।

Advertisement

त्यस्तै, उनले अघिल्लो कार्यसमितिमा रहेर काम गर्दा साथ दिने सबैमा धन्यवाद व्यक्त गर्दै आगामी यात्रामा प्रत्यक्ष र परोक्ष रुपमा साथ पाउनेमा विश्वस्त रहेको समेत बताए ।

अधिवेशन कार्यक्रममा सयपत्री नेपाली कल्चरल ग्रुप यूकेले विशेष सांगीतिक नृत्य प्रस्तुत गरेको थियो । जसमा कलाकारहरु सेलिना साही, लिकोन गुरुङ, रितिका खरेल र प्रभा बिक सहभागि थिए ।