November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

चौध जना महाधिवेशन प्रतिनिधि लैजान सक्नु जनसम्पर्क समिति यूकेको ऐतिहासिक सफलता – युवराज गुरुङ

7.5K

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) का पुनर्निर्वाचित सभापति युवराज गुरुङले नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा बेलायतबाट १४ जना केन्द्रीय प्रतिनिधि लैजान सक्नु एक ऐतिहासिक सफलता भएको दावी गरेका छन् । एनपीसीसी यूकेको गत नोभेम्बर २७ मा सम्पन्न पाँचौं अधिवेशन पछि बोल्दै सभापति गुरुङले उक्त दावी गरेका हुन् ।

शनिवार लण्डनस्थित साउथह्यारोमा सम्पन्न समितिको पाँचौ अधिवेशनको लागि नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि केन्द्रीय प्रतिनिधिहरुमा विश्वआर्दश पण्डित, योगेन क्षेत्री, विज्ञान प्रसाई, केश बहादुर गुरुङ, इन्द्रह्याङ लिंदेन, तर्कजंग गुरुङ, नरकुमारी लिम्बु, कुमारी गुरुङ, महेश दाहाल, आलेश चौहान, युवराज गुरुङ, विनोद मोक्तान, सूर्य नेग्वाङ र कोपिला सुब्वा सर्वसम्मतले चयन भए ।

निर्वाचन समितिका सदस्यसचिव खुशी लिम्बुका अनुसार नेपाली जनसम्पर्क समिति बेलायतमा पहिलो पटक चक्रिय प्रणालीमा सहमति भएको छ । सोही सहमति अनुरुपमा पहिलो एक वर्ष गुरुङले समितिको नेतृत्व समाल्ने छन् भने बाँकी एक एक वर्षको नेतृत्व क्रमशः महेश दाहाल, कोपिला सुब्बा, युवराज सिंहले गर्ने भएका छन् ।

Advertisement