कतार । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतारले चौंथो अधिवेशन गर्ने भएको छ ।
२०६२/६३ को जनआन्दोलनसँगै स्थापीत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालले देशमा एकात्मक राज्य व्यवस्थाको अन्त्य, ऐतिहासिक पृष्ठभूमिको आधारमा संघीयता, पहिचान, पुर्ण समानुपातिक र समावेशी व्यावस्था लागु गर्नुपर्ने माग राख्दै झन्डै दुई दशकदेखि आन्दोलन गर्दै आईरहेको राजनीतिक संगठनको प्रवास समिति सलिसाम कतारको सन २०११ मा स्थापित भई कतारमा रहेका नेपाली श्रमिकहरुको पक्षमा रहेर सामाजिक जनचेतना अभिवृद्धि एवं मानवीय उद्धारकार्यमा विशेष सहयोगी बन्दै आईरहेको मञ्चले कतारका नेपाली श्रमिकहरुको साझा संस्थाको रुपमा स्थापित जनाएको छ ।
संगठनले स्थापनाकालदेखि नै प्रवास कतारमा श्रम गर्न आएका नेपालीहरुको हरेक खाले समस्याप्रति नजिक भई सहयोग एवं उद्धार कार्यमा अग्रसर यस संगठनको वर्तमान अध्यक्ष रेखा राई खामसामा हुुन् ।
सलिसाम कतारको अधिवेशन नजिकिदै गर्दा सलिसाम निकटका एक सदस्यका अनुसार डिसेम्बर ३, २०२१ मा हुन लागेको हो । मञ्च को आसन्न चौंथो अधिवेशन संघीय अध्यक्ष कुमार लिङदेन मिराकले जुममार्फत सम्बोधन गर्ने छन् ।