December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

जनमुक्ति मञ्च, साईप्रसको तेश्रो अधिवेशन सम्पन्न

315

साइप्रस । “बहुजातीय लोकतान्त्रिक समाजवादको लागि जनमुक्ति विचारधारा !, भ्रष्टाचारमुक्त संघीय गणतान्त्रिक नेपालको निर्माण – हाम्रो अभिभारा !!” भन्ने मुल नाराका साथ राष्ट्रिय जनमुक्ति पार्टीको प्रवास संगठन जनमुक्ति मञ्च, साईप्रसको तेश्रो अधिवेशन भव्यरुपमा सम्पन्न भएको छ ।

अधिवेशनले गुडिया गुरूङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संरक्षक तारा राई रहेको समितिको उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष नवीन राई, उपाध्यक्ष सबिता राई, महासचिव खममाया पुन, सचिव नेहा गुरूङ, कोषाध्यक्ष शिला कुँवर, सहकोषाध्यक्ष निलम राई छन् ।

सदस्यहरुमा बिबिशा थापा, जेनिस्का गुरूङ, भुमाया पुर्जा, मनिसा थापा, विपना राई, सुम्निमा राई, विमला मगर, बिना राना, रिना दर्लामी, रेवती धिमाल, मोहनी गदाल, सीता माझी, दिलसरा राई, भगवती लिम्बू, झरना मेयाङ्वो, माया शेर्पा, कलावती राई, बिमला मगर, सोती राना रहेका छन् ।

Advertisement

कुम्मायक गाउँपालिकामा एकहप्ते मालपोत घुम्ती शिविर सञ्चालन हुँदै
पाचथर, ७ मंसिर । कुम्मायक गाउँपालिकामा गत आइतबारदेखि जिल्ला मालपोत कार्यलयद्वारा एकहप्ते घुम्ती शिबिर सञ्चालन भइरहेको छ । उक्त शिविरमा अंशबण्डा, धनीपुर्जा बितरण, नामसारी, वकसपत्र, दृष्टिबन्धक, भोग बन्धकी, लिखित पारित जग्गा धनिको विवरण सम्बन्धि सम्पुर्ण सेवा सुबिधा नागरिकले पाएका छन् । सो शिविर गाउपालिकाको आर्थिक समन्वयमा र जिल्ला मालपोत कार्यलयको प्राबिधिक सहयोगमा मङ्सिर ५ गते देखी ११ गते सम्म संचालन हुने बताइएको छ ।

मालपोत कार्यलयले प्रबिधि युक्त घुम्ती शिबिर सेवा नेपालमै पहिलोपटक पाँचथर जिल्लाबाट सुरुवात गरिएको कुरा घुम्ती शिविरका अधिकृत बाबुराम पोखरेलले बताएका छन् । मालपोत कार्यलयमा पुग्न नसक्ने अशक्त, अपाङ्ग, वृद्ध आदि सेवाग्राहीलाई लक्षित गरि प्रबिधि युक्त प्रणाली र सिस्टमको सेवा सुबिधा गाउँस्तरमा दिइएको पनि पोखरेलको भनाइ छ । वहाँका अनुसार कार्यलयको भौतिक सुधार तथा जग्गा प्रशासन प्रक्रियालाई छोटो, छिटो र छरितो बनाउने साथै घुम्ती सेवा लिएर जनताको काम गर्दै शिविर संचालनबाट उल्लेखनीय राजस्व वृद्धिको पनि काम भएको जनाइएको छ । मालपोत असुली तथा घर कायम गर्दा लाग्ने दस्तुरले गाउँपालिकामा समेत राजस्व वृद्धि भएको आंकलन गरिएको छ ।

यसअघि जिल्लाको तुम्बेवा गाउँपालिकामा बर्षको १ लाख रुपैयाँ राजस्व नउठेको तर मालपोत घुम्ती शिविर सञ्चालनका क्रममा तुम्बेवा गाउँपालिकामा ३ लाख रुपैयाँ र मिक्लाजुङ गाउँपालिकामा १० लाख रुपैयासम्म उल्लेखनीय राजस्व वृद्धि भएको कुरा अधिकृत पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । यसैगरी कुम्मायक गाउँपालिकामा एकिन तथ्यांक आइनसकेको तर सोचेभन्दा बढी राजस्व संकलनमा मालपोत घुम्ती शिविरबाट टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यो शिविरबाट थोरै खर्च र अधिक समयको सदुपयोग भइ नागरिकले प्रशस्तै लाभ लिन पाएको सेवाग्राहीहरु बताउछन् । नागरिकलाई फाइदा पुग्ने यस्ता घुम्ती शिबिरहरु समय समयमा सञ्चालन गरिरहने कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले नागरिकलाई प्रतिबद्धता जाहेर गर्नु भएको छ भने उपाध्यक्ष सीता आचार्य र वडा नं. १ का वडाअध्यक्ष देबेन्द्र कुमार लावतीले पनि जनताको समस्याप्रति सबै जनप्रतिनिधिहरु उत्तरदायी बनेर काम गर्नुपर्ने बताएका छन् ।