लन्डन । संखुवासभा समाज यूकेको आठौं अधिवेशन सम्पन्न भएको छ । शनिबार एम्पायर हल अल्डरसटमा सम्पन्न अधिवेशनले उत्तर सुन्दासको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
अधिवेशनले वरिष्ठ उपाध्यक्ष हेमकला गुरुङ राना, उपाध्यक्षमा टेक कुलुङ, उत्तर मगर, प्रकाश रावत र महासचिवमा कमल गुरूङ, उपमहासचिव रमेश राई, सचिव सोम श्रेष्ठ, कोषाध्यक्ष अमर राई, उप–कोषाध्यक्ष लोक बहादुर (अजम्बर) घले सह–कोषाध्यक्ष राधा घले चयन गरेको छ । त्यसैगरी खाद्य पदार्थ { (Assistant Food Member) सह– प्रबन्धक सन्गेन राई, महिला संयोजक मिना रावत, कला साँस्कृतिक तथा मनोरञ्जन संयोजक प्रशान्त घले, युवा संयजक सन्देस राना, युवा सह–संयोजक नयन गुरूङ प्रमुख फोटोग्राफर बाबुराम गुरूङ, क्षेत्रिय संयोजक (Aldershot) शान्त माया गुरूङ सर्वसम्मत रुपमा चयन भएका छन् ।
समितिका नव चिर्वाचित पदाधिकारीहरुलाई निवर्तमान अध्यक्ष नैनसिङ गुरुङले बधाई दिएका छन् ।
जेष्ठ नागरिक प्रमुख अतिथि बुद्धीमान राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा हङकङ निवासी संखुवासभा समाज हङकङका वर्तमान सदस्य रुक्मीणी सोम्याहाङ लावतीको पनि उस्थिति रहेको थियो ।
कार्यक्रममा सातौं कार्यसमितिको प्रतिवेदन तथा समिक्षा पश्चात संरक्षक बिजय लिङथेपले नव गठित कार्यसमितिलाई दुई बर्षे कार्यकाल सफलताको शुभकामना दिएका थिए ।