December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

देहरादुनमा नेपाली भाषा समितिको अधिवेशन

310

देहरादुन । भारतको उत्तराखण्ड राज्यस्थीत नेपाली भाषा समितिको वार्षिक अधिवेशन गोर्खाली सुधारसभाको प्रेरणा भवनमा सम्पन्न भएको छ । नोभेम्बर १९ का दिन वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको सभापतित्वमा वार्षिक अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनमा कोरोनाकालमा दिवंगत हुनुभएका पदाधिकारीजन एवम् दिवंगत परिजनहरुको आत्माशान्तिको श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

अधिवेशनले मुख्य सल्लाहकार बाल कृष्ण बराल, अध्यक्ष मधुसूदन शर्मा, कार्यकारी अध्यक्ष टिका राम थापा, वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष सुश्री पूजा सुब्बा, श्रीमती सरोज गुरुङ, सचिव– श्रीमती अनीता घले, श्रीमती बिनीता खत्री, शमशेर सिंह थापा, कोषाध्यक्ष नवीन पौड़ेललाई चयन गरेको छ ।

Advertisement

त्यसैगरी मिडिया प्रभारी श्रीमती प्रभा शाह, सांस्कृतिक मंत्री श्रीमती पुष्पा क्षेत्री, प्रचार मन्त्री अतुल क्षेत्री, सङ्गठन मन्त्री लाल बहादुर थापा, लेखा परीक्षक गोपाल थापा पनि चयन भएका छन् ।

सदस्यहरुमा सागर क्षेत्री, श्रीमती रूपा लामा, श्रीमती रिता विशाल शर्मा रहेका छन् ।

पूजा सुब्बाबाट