December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

बेलायतमा एनसिआईद्धारा आफ्ना शेयर सदस्यहरुलाई लाभांश वितरण

345

लण्डन । नेपलिज कोअपरेटिभ इन्भेष्टमेण्ट (एनसिआई) ले सन् २०२० को लागि आफ्ना शेयर सदस्यहरुलाई लाभांश वितरण गरेको छ । बेलायतमा सन्चालित एनसिआईले शुक्रबार आफ्ना सदस्यहरुलाई लाभांश वितरण गरेको हो ।

जानकारी अनुसार एनसिआईको गत आइतबार सम्पन्न सातौँ साधारण सभाले शेयर सदस्यहरुलाई सन् २०२० को लागि लाभांश दिने निर्णय गरेको थियो ।

सन् २०१४ मा स्थापना भएको एनसिआईले बेलायतमा प्रोपर्टीमा लगानी र नेपालमा सोलार फार्म र एग्रो फर्ममा लगानी गरेको छ । एनसिआईले हरेक वर्ष आफ्ना शेयर सदस्यहरुलाई लाभांश वितरण गर्ने गरेको छ ।

Advertisement

एनसिआईका बोर्ड सदस्यहरुमा अध्यक्ष मोहन गुरुङ, सचिव डा मुकुन्द बाँस्तोला, कोषाध्यक्ष एलएन पाण्डे, सदस्यहरुमा तिलक भट्टराई, सुशील प्रजापति र टीकाराम सापकोटा रहेका छन् ।