May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

एनपीसीसी यूकेको निर्वाचन समितिले पूर्णता पायो

4.2K

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) को अधिवेशन एक हप्ता पर सरेको छ । निर्वाचन समितिका संयोजक डा. सम्पूर्णानन्द ढुंगानाका अनुसार समितिको पाँचौं अधिवेशन आगामी नोभेम्बर २७ शनिबार उत्तर–पश्चिम लण्डनको ह्यारोस्थित गोल्डेनशीपमा हुने भएको छ ।

“अधिवेशनका तयारी पुरा गर्न केही बाँकी रहेको भन्दै ​कार्यसमितिले अधिवेशन एक हप्ता पछि सार्ने निर्णय गरेपछि हामीले निर्वाचन पनि अन्ततः नोभेम्बर २७ मा नै गर्ने भएका छौं”, निर्वाचन समितिका संयोजक डा. ढुंगानाले बताए ।

यसैबीच संयोजक डा. ढुंगानाले केशव भण्डारीलाई सदस्य र खुशी लिम्बुलाई सदस्य सचिव बनाएर आफ्नो निर्वाचन समितिलाई पूर्णता दिएका छन् । यसअघि नै सभापति युवराज गुरुङको संयोजनमा अधिवेशन आयोजक समिति बनिसकेको छ । जसमा कार्यसमितिका सबै सदस्यहरु समावेश छन् ।

Advertisement

जनसम्पर्क समिति बेलायतको निर्वाचन सम्बन्धि कार्यतालिका समितिका सभापति तथा अधिवेशन आयोजक मूल समितिका संयोजक युबराज गुरुङ, विधान समितिका संयोजक शिवजी श्रेष्ठ र निर्वाचन समितिका संयोजक डा. सम्पूर्णानन्द बीच छलफल पछि नोभेम्बर २१ भित्रमा सार्वजनिक हुने निर्वाचन समितिका सदस्य सचिव खुशी लिम्बूले जनाए ।