June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

युमा साम्यो महासभा मलेसियाको पहलमा दिवंगत गायक तुलसी माबुहाङको परिवारलाई आर्थिक सहयोग

3.6K

काठमाडौं । युमा साम्यो महासभा मलेसियाको पहलमा दिवंगत गायक तुलसी लिम्बु माबुहाङको परिवारलाई आर्थिक सहयोग गरिएको छ । युमा साम्यो महासभा मलेसियाका सल्लाहकार समेत रहेका माबुहाङ लामो समयदेखि मलेसियामा कार्यरत रहेकामा केहिमहिना अघि कोभिडको कारण उनको निधन भएको थियो ।

उक्त महासभाका सल्लाहाकार रहेको र उनको छोरी सानै भएको कारण छोरीको पढाइमा असर नपरोस् भन्ने उदेश्यले संस्थागत दायित्व पुरा गरेको महासभाका संस्थापक तथा कवि दिलदुखी जन्तरेले बताए । रकम मुद्दती खातामा जम्मा गरिएको पनि उनले जानकारी गराए ।

युमा साम्यो मलेसियालका सदस्यहरुबाट आरएम २,४२० र अन्यबाट आरएम १,१४० गरी जम्मा आरएम ३,५६०, नेपाली नगद रू १ लाख चारसय आर्थिक सहयोग गरेको हो ।

Advertisement

महासभाका सदस्य बाहेकका सहयोगीहरुमा लाली गुराँस नगरपालिका ३ मुसाङ्खेल तेह्रथुम मन माबुहाङ आरएम सय, भिम माबुहाङ आरएम सय, तेज बहादुर माबुहाङ आरएम सय, गोविन्द तिल्लिङ चोङ्बाङ आरएम सय, मोहन तिवारी आरएम सय रहेका छन् । त्यसैगरी निजगढ नगरपालिका १३ बाराका पाल्साङ गोलेबाट आरएम पचास, लालीगुराँस नगरपालिका ६ सुङ्नाम तेह्रथुमका धन प्रसाद कुरुम्बाङबाट आरएम पचास, लालीगुराँस नगरपालिका ९ पुरुन्दिन तेह्रथुमका युबराज सोदेम्बा बाट आरएम ११०, फिदिम नगरपालिका ६ सिवा पान्थरका रबिन मगर आरएम सय, चौबिसे गाउपालिका ५ बोधे धनकुटाका जीवन देवान आरएम पचास, पथरी शनिश्चरे नगरपालिका १० आइयाबारी मोरङका रबिन्द्र केबुहाङबाट आरएम १०५ र लालीगुराँस नगरपालिका–५ सिङ्थापा तेह्रथुमका देउमान केबुहाङबाट आरएम १२५ सहयोग प्राप्त भएको हो ।

पुर्वेली लोकभाकामा आधारित ‘मुसाङ्खेलको मायालु’ एल्वम निकालेका गायक माबुहाङको गत २७ जुलाईमा निधन भएको थियो । मलेसियामा कोरोना सङ्क्रमित भएका उनी २३ जुलाईमा नेपाल आइपुगेका उनको उपचारको क्रममा काठमाडौंको अस्पतालमा निधन भएको थियो ।