लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको चालु कार्यकाल २०२१–२३ का लागि प्रेस तथा पब्लिकेशन विभाग (मिडिया समिति) बनेको छ ।
विधानतः संघका प्रवक्ता भरतमणी चोङबाङ प्रमुख संयोजक रहेको नयाँ समितिको प्रमुख सल्लाहकारमा बरिष्ठ पत्रकार भगीरथ योगीलाई चयन गरिएको छ ।
समितिमा प्रवक्ता चोङबाङ लगायत अन्य तीन जना सदस्यहरु चयन गरिएको छ । जसमा लण्डन नेपाल न्युज डट कमका सम्पादक शिव भण्डारी संयोजक, सिलौटी टाइम्स डट कमका सम्पादक अमित थेबे सदस्य सचिव र सिलिचुङ डट कमका सम्पादक किरण राई सदस्य रहेका छन् ।
यसैवीच, एनआरएनए यूके हाल आफ्नो नियमित मुखपत्र एनआरएन भ्वाइसको नयाँ अंक प्रकाशन गर्ने अन्तिम तयारीमा जुटेको छ । नयाँ अंकको संयोजन मिडिया समितिको सहयोगमा प्रवक्ता भरतमणी चोङबाङ आफैंले गरिरहेका छन् भने महासचिव खुशी लिम्बुले यसको सम्पादन गरिरहेका छन् ।
आगामी नोभेम्बर २० मा हुने एनआरएनए यूकेको सय–दिन समारोह कार्यक्रममा एनआरएन भ्वाइसको नयाँ अंक विमोचन हुने कुरा प्रवक्ता भरतमणी चोङबाङले बताए ।