घनश्याम भण्डारी, ग्लास्गो । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेको स्कटल्याण्ड राज्य परिषदमा निवर्तमान कार्यसमितिले वर्तमान कार्यसमितिलाई बुझबुझारथ गर्ने कार्यक्रम सम्पन्न भएको छ । गत नोभेम्बर १४ मा ग्लास्गो नेपाली कम्युनिटी हलमा भएको हस्तान्तरण कार्यक्रममा कार्यकाल २०१९–२१ मा राज्य समन्वय परिषदले गरेका आर्थिक–सामाजिक विवरण र दस्तावेजहरुको बुझबुझारथ भएको हो ।
निवर्तमान कार्यसमितिका अध्यक्ष छवीलाल अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान र वर्तमान दुवै कार्यसमितिका सदस्य र सल्लाहकारहरुको उपस्थिति थियो ।
कार्यक्रमममा निवर्तमान सचिव दिवाकर पाण्डेले आफ्नो दुई बर्षको कार्यकालमा भए गरेका क्रियाकलापहरुको फेहरिस्त पेश गरे भने कोषाध्यक्ष शर्मिला भण्डारी आर्थिक प्रगति विवरण प्रस्तुत गरिन् । कार्यक्रममा सभाका अध्यक्ष छबिलाल अर्यालले नयाँ कार्यसमितिलार्इ उच्च प्रगतिको शुभकामना दिदै आफ्नो कार्यकालमा आइपरेका समस्या र चुनौतिहरु बारे जानकारी गराए ।
हस्तान्तरण कार्यक्रमको सञ्चालन गर्दै निवर्तमान सचिव दिवाकर पाण्डेले नयाँ कार्यसमितिको सफल कार्यकालको शुभकामना दिए । उनले आफ्नो कार्यकालमा तयार गरेका सँस्थागत अभिलेखहरु संस्थाको एक मार्गदर्शक दस्ताबेजको रुपमा रहने आशा व्यक्त गरे ।
त्यस्तै नयाँ कार्यसमितिका कार्यवाहक अध्यक्ष उज्वल कार्कीले अत्यन्तै सौहार्दपूर्ण वाताबरणमा हस्तान्तरण भएकोमा खुशी व्यक्त गरे । उनले निवर्तमान अध्यक्ष छवी अर्याल र उनको समितिका सम्पूर्ण सदस्यहरुलाई समेत धन्यवाद ज्ञापन गरे ।
हस्तान्तरण कार्यक्रममा यूकेकास्कटल्याण्ड राज्य परिषद कार्यवाहक अध्यक्ष उज्वल कार्कीले समाजमा काम गर्दा विद्धेष र बिखन्डनको भावना सबैले त्यागी एकताबद्ध भएर अघि बढ्नु समाज र संस्थाको विकासका अपरिहार्य भएको धारणा राखे । उनले विगतमा कोभिडको समस्यामा परेकालार्इ सहयोग पुर्याउने उद्देस्यबाट एनआरएनए स्कटल्याण्डको अगुवाईमा बनेको उक्त क्षेत्रका १४ वटा सामाजिक संघ सस्थाको संरचना लाइ अझ मजबुत र सक्रीय बनाउन पर्नेमा जोड दिए ।
कार्यक्रममा एनआरएनए यूकेका सल्लाहकार एबम एनआरएनए अभियन्ता डा. राम अधिकारीले स्कटल्याण्डमा एनआरएनएको संरचना भर्खरै मात्र सुरु भएको हुनाले समाजका सम्पूर्ण सदस्यहरुको सकारात्मक भावना जोडिनु पर्ने र संस्थामा अगुवाई गर्नेहरुले समाजको भावनाको कदर गर्दै सस्थागत विकासमा अघि बढ्नु पर्ने सुझाब दिनु पेश गरे ।
स्कटल्याण्ड राज्य परिषदका वर्तमान अध्यक्ष काशिराम भण्डारी हाल नेपाल यात्राको क्रममा रहेकाले आफ्नो अनुपास्थितिमा संस्थाका उपाध्यक्ष उज्वल कार्की लाइ कार्यवाहक अध्यक्षको जिम्मेवारी वहाल छन् ।
कार्यक्रमको अन्त्यमा एकआपसमा फुलका गुच्छा आदान प्रदान गर्दै अभिलेखहरु हस्तान्तरण गर्ने काम भएको थियो ।