January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

पत्रकार राजकुमार थापाविरुद्ध जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी

२०७८ कार्तिक २६

1.7K

युरोपनेपाली न्युज डटकमका सम्पादक राजकुमार थापाविरुद्ध जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी परेको छ । 

सुनसरी इटहरीका सुरेन राईले आफ्नो जानकारी बिना नै थापाले आफ्नो व्यक्तिगत सूचना सन्चारमाध्यममा सार्वजनिक गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् । 

नेपालको संविधान र सूचनाको हकसम्बन्धी ऐनसमेत प्रतिकूल हुने गरी थापाले गैरआवासीय नेपाली संघ यूकेको राहत वितरणसम्बन्धी समाचारमा आफ्नो नाम र बैंक खाता नम्बर उल्लेख गरेको राईले निवेदनमा उल्लेख गरेका छन् । 

Advertisement

आफ्नो सहमति बिना व्यक्तिगत सूचना सार्वजनिक गर्ने सम्पादक र सन्चारमाध्यममाथि थप कारबाहीका लागि प्रेस रजिस्ट्रारको कार्यालय र प्रेस काउन्सिल नेपालमा पनि लेखी पठाउन पनि आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले निवेदन अनुसार कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीलाई निर्देशन दिएका छन् । प्रमुख जिल्ला अधिकारीको निर्देशन लगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार थापा र उनले सन्चालन गरेको अनलाइन न्युज पोर्टलमाथि अनुसन्धान थालेको छ । 

संखुवासभा खाँदबारीका थापा हाल युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बन बस्छन् । उनी केही समय अवैधरुपमा बेलायत बसेर चार वर्षअघि पोर्चुगल गएका हुन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलका महासचिवसमेत रहेका थापा यसअघि पनि पटक पटक विभिन्न मुद्दामा जोडिँदै आएका छन् । प्रहरीले अनुसन्धान थालेपछि थापा समस्यामा परेका छन् । अब उनले मिडियाको नाममा यसअघि गरेका बदमासी पनि खुल्ने देखिएको छ ।