November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एनआरएनए युकेले नेपालका बाढीपीडितलाई १० लाख रुपैयाँ सहयोग गर्ने

2.3K

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपालका बाढीपहिरो पीडितलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बेमौसमी अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेका पीडितहरू र मृतकका परिवारका लागि तत्काल १० लाख राहत नेपाल पठाउने एनआरएनएले घोषणा गरेको हो ।

एआरएनए अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा आइतबार बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको हो ।

अध्यक्ष गाहा मगरका अनुसार घोषित रकम निकासा भएको २४ घण्टाभित्रमा नेपाल पु¥याउने र ७२ घण्टाभित्रमा सम्बन्धित पीडितहरुसम्म पु¥याउने योजना रहेको छ ।

Advertisement

अहिले बेलायतमा दैवी प्रकोप तथा आपतकालीन नीति तर्जुमा विभागका संयोजक तथा कार्यकारी सदस्य बालकृष्ण दाहाल र कोषाध्यक्ष बिष्णु खरेलको संयोजकत्वमा नेपालमा बाढीपीडितहरुका लागि राहत उद्दार कोष संकलन सुरु भएको छ ।

संघले यस अभियानमा सहयोग गर्न बेलायतवासी सबै नेपालीहरुलाई अपील गर्दै एनआरएनए यूकेको ‘वेलफेयर अकाउण्ट ‘NON-RESIDENT NEPALI; Sort Code: 60-01-08; Account number: 42421888 मा जम्मा गर्न अनुरोध गरेको छ । जम्मा गर्न अनुरोध गरेको छ ।