June 15, 2025, Sunday
२०८२ असार १
1:37:26 pm

नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघको विधिवत स्थापना, नेतृत्वमा मान राना मगर

6.8K

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को अन्तर्राष्ट्रिय प्रवास समन्वय समितिको प्रथम महाधिवेशन सम्पन्न भएको छ ।

विश्वभर रहेका आदिवासी जनजातिहरुलाई समन्वय गर्ने उद्देश्यले १५ महिनाअघि स्थापित सो तदर्थ समितिको गत अक्टोबर २१ र २२ मा कुपण्डोलस्थित होटल हिमालयमा उद्घाटन समारोह सम्पन्न भएको हो ।विश्वभर रहेका आदिवासी जनजातिहरुलाई समन्वय गर्ने उद्देश्यले १५ महिनाअघि स्थापित सो तदर्थ समितिको गत अक्टोबर २१ र २२ मा कुपण्डोलस्थित होटल हिमालयमा उद्घाटन समारोह सम्पन्न भएको हो ।

तदर्थ समन्वय समितिको दुईदिने महाधिवेशनको बन्दसत्रले ‘नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघ’ भनी आफ्नोनाम परिवर्तन गरेको छ ।

Advertisement

गत असोज ३० गते (अक्टोबर १६) मा महासंघको केन्द्रीय समितिको आयोजनामा समन्वय समितिको पुनर्गठन गरेको थियो ।

साथै बन्दसत्रले विधानका उद्देश्य तथा अन्य भागहरू पनि संशोधन गरेको छ । बन्दसत्रको अन्तमा निर्वाचन समितिका सदस्य तथा नेपाल आदिवासी चलचित्र महासंघका पूर्व अध्यक्ष प्रतिमा पुनले नौ बुँदे ललितपूर घोषणा पत्र पढेर सुनाएका थिए ।

महाधिवेशनले जनजाति महासंघ अमेरिकाका पूर्व अध्यक्ष मान बहादुर राना मगरको नेतृत्वमा पाँच–सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्षमा लोचन राई (दक्षिण कोरिया), महासचिवमा शिव भुजेल (कतार), सचिवमा हवलचन्द्र लामा जापान र कोषाध्यक्षमा रश्मी थापा मगर (क्यानडा) निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक होम सुनारी (साउदी अरब) मगर र सदस्य बिनोद पोमो (अमेरिका) ले शपथ ग्रहण गराएका थिए ।

पदाधिकारीहरु बाहेक कार्यसमिति सदस्यका लागि प्रत्येक देशका नेफिनहरुले एक एक जना सिफारिस गरेर अन्तर्राष्ट्रिय महासंघमा पठाउने व्यवस्था विधानमा उल्लेख छ ।

बाँकी रहेका महिला उपाध्यक्ष र महिला सचिव पदको पूर्ति कार्यसमितिले सम्बन्धित देशको सिफारिशमा गर्ने कुरा नवनिर्वाचित महासचिव शिव भुजेलले नेपाल मामिलालाई जनाए ।

निर्वाचित भएपछि अध्यक्ष मानबहादुर राना मगरले प्रवासमा रहेका सबै नेफिनहरुलाई जोड्ने र उनीहरुको सहयोगमा सबैभन्दा पहिले नेपालमा आदिवासीहरुको स्थायी भवन निर्माण गर्न पहल गर्ने प्रतिवद्दता जनाए ।

महाधिवेशन र नयाँ कार्यसमिति बनेसंगै नेफिनको विदेशस्थित १७ वटा संस्थाहरु मिलेर सन् २०२० को जुलाईमा बनेकोे ११-सदस्यीय तदर्थ समितिको कार्यकाल स्वतः पुरा भएको छ ।

नौ बुँदे घोषणा पत्रको व्यहोरा यस्तो रहेको छ ।