June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

अमेरिकामा एक नेपाली व्यावसायीको गोली हानी हत्या

3.5K

बोस्टन । अमेरिकामा एक नेपाली व्यावसायीको गोली हानी हरुतया भएको छ । म्यासाच्युसेट्स (वोस्टन) को फलरिभर भन्ने स्थानमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायी लालकिशोर महासेठको सोमवार राति १०ः३० बजे गोली हानी हत्या गरिएको हो ।

स्टोरभित्रै गोली हानेर हत्या गरिएको उनको छातीमा गोली लागेको प्रहरीले जनाएको छ । गोली लागेर ढलेका महासेठलाई केही समयपछि स्टोरमा छिरेका अर्का एक ग्राहकले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनलाई तत्कालै अस्पताल लगिएको भए तापनि उनको मृत्यु भइसकेको पुष्टि स्थानीय चार्लटन अस्पतालले गरेको थियो ।

घटनास्थलमा प्रशस्त पैसा छरिएको पाइएको हुँदा पैसाका लागि कुनै लुटेराले हत्या गरेको अनुमान प्रहरीले गरेको छ । प्रहरीले संकास्पद हत्याराको हुलिया र तस्वीर सार्वजनिक गरिसकेको छ ।

Advertisement

धनुषाका विश्वेश्वरनाथ नगरपालिकामा स्थायी घर भई लामो समयदेखि म्यासाच्युसेट्समा बस्दै आएका ५४ वर्षीय महासेठका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनी मधेसी एसोसिएसन इन अमेरिका, न्यूइंगल्याण्ड च्याप्टरका पूर्व अध्यक्ष तथा मधेसी संघ, अमेरिकाका सल्लाहकार समेत हुन् ।