मनि थेबे भियना।
बडादशैंको अवसर पारेर नेसास अष्ट्रियाले शुभकामना आदान प्रदानको साथ् भव्य नृत्य तथा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ।
संस्थाकी अध्यक्ष मन्जु खड्काको सभापतित्व र नेपाली राजदूतावास भियनाकी का.बा. राजदूत डा.ईला मैनालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एनआरएनए अष्ट्रिया अध्यक्ष भवानी तिवारी , आदिवासी जनजाति महासंघ अध्यक्ष स्वेता बज्राचार्य, आना अध्यक्ष हरि राणा, इनास अष्ट्रिया अध्यक्ष शन्तोषी भण्डारी, एनआरएनए एलसीसी साल्जवर्ग अध्यक्ष शिव खड्का, समाज सेवी निलम सिन्चुरी लगायत संस्थाका पूर्व अध्यक्षहरु विशेष अतिथिका रुपमा उपस्थित थिए।
दर्जन बढी नृत्य प्रस्तुति रहेको कार्यक्रममा साल्जवर्ग ब्याण्डको प्रस्तुति विशेष रहेको थियो।।
शिव सापकोटा र रिमा विष्ट द्वारा संचालित कार्यक्रमको दौरानका केहि तस्वीरहरु:-