June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

एनआरएनएको आगामी अन्तर्राष्ट्रिय महाधिवेशन नोभेम्बर ३० भित्र हुने

3.5K

काठमाडौंँ । गैरआवासीय नेपाली संघको १० औं कार्यसमितिको निर्वाचन तथा महाधिवेशन नोभेम्बर ३० भित्र गरिसक्ने भएको छ । १६ अक्टोर २०२१ शनिवारका दिन भर्चुअल माध्मबाट संघको ८० औं अन्तर्राष्ट्रिय समन्वय परिषदको भएको बैठकबाट उक्त निर्णय भएको हो ।

निर्वाचनलाई तोकिएको समयमा व्यवस्थित रुपमा सम्पन्न गर्न पराराष्ट्र मन्त्रालय लगायत बिभिन्न सरोकारहरुसंग छलफल गरि महाधिवेशनको वातावरण तयार गर्न अध्यक्ष कुमार पन्तलाई जिम्मा दिने निर्णय गरेको छ ।

बैठकले गैरआवासीय नेपाली संघको विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिनाको लागि थप गर्ने निर्णय गरेको छ । बैठकले संघको महाधिवेशन प्रतिनिधिहरुको सम्बन्धमा आएका गुनासाहरुलाई सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसंगको परामर्शमा टिओआर सहित एक स्वतन्त्र समिति गठन गर्ने र सो समितिको सुझावको आधारमा आएका प्रतिनिधिहरुको नामावलीलाई निर्वाचन समितिमा पठाउने निर्णय पनि गरेको छ ।

Advertisement

गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधिहरुका सम्बन्धमा आएका गुनासाहरुलाई सम्वोधन गर्न संघ सक्षम रहेको र संघको मुल्य, मान्यता र गरिमालाई उच्च राख्न छिटो भन्दा छिटो महाधिवेशन सम्पन्न गरि नेतृत्व हतान्तरण गर्न वर्तमान कार्यसमिति प्रतिबद्ध रहेको प्रवक्ता डीबी क्षेत्रीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।