June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

मलेसियामा दुई दिन अघि मात्रै रक्त क्यान्सर पुष्टि भएको नेपाली युवाको मृत्यु

2.8K

काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बैतडीका एक जनाको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् ।

रक्त क्यान्सरबाट ग्रसित जोशीको गए राति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्तले जानकारी दिए ।

पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टि भएको बताइएको छ ।

Advertisement

जोशीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।