May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्धारा दशैँको मौरत तिथिबारे प्रेस विज्ञप्ति सार्वजनिक

1K

काठमाडौ । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दशैँको मौरत तिथि कुन देशमा कसरी कुन समयमा कहाँ मनाउने भन्नेवारे प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ ।

देश तथा विदेशमा रहेका सनातन हिन्दुधर्मलम्वीहरुले दशैँको टिकाको उपयुक्त साइतबारे जिज्ञासा राखेको हुँदा साइतको व्याहोरासहित उक्त विज्ञाप्ती जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा देश तथा विदेशका २७ ठाउँमा हुने टिकाको उपयुक्त साइत उल्लेख गरिएको छ ।

Advertisement

हिन्दुहरुको महान चाड दशँै नेपालमा १० दिनसम्म वलि, पूजा–आजा, भजन–कृतिन गर्दै मनाइन्छ । पहिलो दिनलाई घटस्थापना भनिन्छ भने उक्त दिन धेरै जसो मठ–मन्दिर, घरहरू , पाटी पौवा,चौपारी, दोवाटोमा जमरा राख्ने चलन छ । दशौं दिन अर्थात दशमीको दिन अक्षता, फूलपाती, जमराद्वारा ठूलोले सानालाई टिका लगाउदै आशिष दिने चलन वर्षौदेखि चल्दै आएको छ । हिन्दुधर्मको मान्यता अनुसार यस दिनलाई असत्यमाथि सत्यको जीतको प्रतिकको रुपमा मानिन्छ ।

हाल राष्ट्रपति नेपालको अभिभावकको रुपमा रहको हुँदा बाबु–आमा, इष्टमित्र नभएकाले तथा इच्छुक जनताले राष्ट्रपतिबाट टिका थाप्ने चलन छ ।