May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

निवर्तमान कार्यसमितिले ‘ह्याण्डओभर’ गर्न नचाहेपछि एनआरएनए यूके पत्रकार सम्मेलन गर्ने तयारीमा

4.8K

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेले निवर्तमान कार्यसमितिले बुझबुझारथ नगरेकोमा असन्तुष्टी जनाउँदै एक पत्रकार सम्मेलन गर्ने भएको छ । निवर्तमान कार्यसमितिका अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई र कोषाध्यक्ष तेजेन्द्र रोकासंग पटक पटक बुझबुझारथका लागि प्रयास गरेपनि हिसाव किताब नबुझाएकोमा चर्को असन्तुष्टी जनाउँदै बेलायतवासी नेपालीहरुलाई उक्त जानकारी गराउन लागिएको हो ।

नव निर्वाचित कार्यसमितिलाई निवर्तमान कार्यसमितिले वेवास्ता गरी हिसाव–किताव बुझाउन नमानेपछि बुधबार पत्रकार सम्मेलन मार्फत बेलायतवासी नेपाली समुदायलाई जानकार गराउने भएको प्रवक्ता भरतमणि चोङवाङले जनाए । उनका अनुसार निवर्तमान कार्यसमितिले नवनिर्वाचित कार्यसमितिलाई बुझबुझारथ नगरेको विषयमा सोमबार बसेको कार्य समितिको बैठकले बेलायतस्थित नेपाली संघसंस्था तथा नेपाली समुदायलाई पत्रकार सम्मेलन गरि जानकारी गराउने निर्णय गरेको थियो ।

एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले बैक खाता लगायतका हिसाव किताब हस्तान्तरण नगर्दा कार्यसमितिलाई काम गर्न अप्ठ्यारो परेको जनाए । उनले सबैसंग हातेमालो गर्ने आफ्नो प्रयासलाई निवर्तमान कार्यसमितिले कमजोरी ठानेको भन्दै असन्तुष्टी व्यक्त गरे । अध्यक्ष गाहा मगरका अनुसार पत्रकार सम्मेलनमा निवर्तमान समितिले वर्तमान कार्यसमितिलाई हस्तान्तरण गर्नुपर्ने दायित्व तथा जिम्मेवारी हस्तान्तरण नगरेको विषयमा नेपाली समुदायलाई जानकारी गराउनु पर्ने स्थिति आएको आएको बताएका छन् ।

Advertisement

प्रवक्ता भरतमणी चोङबाङका अनुसार एनआरएनए यूकेले बुधबार सेप्टेम्बर २९ साँझ एक पत्रकार सम्मेलनको आयोजना गरेको छ

‘एनआरएनए युकेको नाममा धेरै बैक खाताहरु संचालनमा रहेका र संघको करिव २ लाख पाउण्ड भन्दा बढी नगद बचत भएकोमा सो हस्तान्तरण गर्न आनाकानी गरिएको र संघको अन्य सम्पत्ति तथा कागजातहरु समेत हस्तान्तरण गरिएको छैन’, अध्यक्ष प्रेम गाहा मगरले भने ।

एनआरएनए युकेमा २०१९ मा निर्वाचनताका भएको आर्थिक अनियमितताका बिषयमा बेलायतको अदालतमा मुद्दा चलिरहेको छ । गत अगष्ट पहिलो साता सम्पन्न एनसीसी यूकेको निर्वाचनले गाहामगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरी काम गरिरहेको भएपनि पूनम गुरुङ नेतृत्वको निवर्तमान कार्यसमितिले बुझवुझारथ गरेको छैन ।