July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

भारतस्थित रहेको प्रवासीहरूको भारतबाटै मताधिकारको व्यावस्था गर्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई १२ बुँदे ज्ञापनपत्र

2.1K

काठमाडौ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतस्थित रहेको प्रवासीहरूको भारतबाटै मताधिकारको व्यावस्था गर्नुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १२ बुँदे ज्ञापन पत्र बुझाएको छ । समाजले भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई नेपालमा हुने महत्त्वपूर्ण निर्वाचनहरूमा मताधिकार दिने सन्दर्भमा वञ्चित नगरियोस् भन्दै सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी समाजले नेपालको परिवर्तनको हरेक आन्दोलनमा आफूहरूको पनि महत्त्वपूर्ण योगदान रहेको तर सरकारले भने आफूहरूलाई सधैँ उपेक्षा गरेको भन्दै अब हुने हरेक निर्वाचनमा आफूहरूलाई पनि मताधिकार दिने व्यवस्था गरिनुपर्ने बताएको हो ।

समाजले यसअघि ०४६ सालमा भएको जनआन्दोलन र ०६२–६३ सालमा भएको जनआन्दोलन दुवैमा पूर्ण साथ दिएको तर अहिलेको अवस्थामा आएर सरकारले सोही प्रवासीहरूको मताधिकारलाई सुनिश्चित गर्न नसकेको भन्दै अहिलेका पधानमन्त्री शेरबहादुर देउवा भने आफूहरूको मागप्रति प्रधानमन्त्री सकारात्मक रहेको बताए ।

Advertisement

सर्वोच्च अदालतले परमादेशको सम्मानसहित हालै सरकारले नीति र कार्यक्रममा प्रवासी नेपालीहरूलाई मताधिकारको व्यवस्था गर्ने विषयलाई समेटेकोमा केही आशा पलाएतापनि भारतमा रहेका प्रवासी नेपालीहरूको बारेमा सरकारले प्रष्ट नीति नलिएकोले आफूहरूले ज्ञापनपत्रमार्फत भारतमा रहेको प्रवासीको हकअधिकार सुनिश्चित गर्न प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाउनुपरेको पनि समाजको भनाई छ ।

मूल प्रवाह अखिल भारत नेपाल एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसीले सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा प्रवासीहरूले पनि मतदान गर्न पाउनुपर्ने बताए ।