सिड्नी । नेपाली कांग्रेस तरूण विभाग अष्ट्रेलियाले मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । विभागले मादि गाउँपालिका–१ सिक्लेस कास्कीका ३१ बर्षीय सुशील गुरुङलाई नगद ४० हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो ।
पीडित सुशील गुरुङको युवा अवस्थामै दुबै मृगौला फेल भएको र उपचारका लागि आर्थिक अभाव भएको कारण उनलाई उपचारमा सहयोग पु¥याउने हेतुले सहयोग गरिएको विभागका सचिव बिवेक थापाले जानकारी दिए ।
उनको सहयोगार्थ सहयोग समिति गठन गरि सहयोगको अपिल गरिएको छ । कसैको प्राण रक्षा भन्दा ठूलो कुनै धर्म हुन सक्दैन भन्ने मूल नारासहित राजनैतिक र सामाजिक कर्मका साथ कर्मभूमीबाट जन्मभुमि र समुदायसँग जोडिने प्रतिबद्धता जनाएको तरूण विभाग अष्ट्रेलियाले आगामी दिनमा समेत समाज, समुदाय र संगठनको हितमा निरन्तर लागिरहने विभागका प्रमुख समित केसीले बताए ।
तरूण विभाग केन्द्रीय सदस्य लेखबहादुर गुरूङ, नेपाली कांग्रेस मादी गाउँपालिका सभापती देवीजङ्ग गुरूङ, सचिव भानु ढकाल लगायतको उपस्थितिमा उक्त सहयोग रकम सहयोग समिति सचिव बेल गुरूङ र देवीजङ्ग गुरूङ मार्फत बिरामीलाई हस्तान्तरण गरिएको थियो ।
आगामी दिनमा पनि यसप्रकारका मानवीय काममा अग्रसर हुँने भन्दै तरुण विभाग अष्ट्रेलियाले गुरुङको जीवन रक्षाको निम्ती सहयोग गर्न अरु सबैलाई अपिल समेत गरेको छ ।