July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

च्यारिटी डिनर कार्यक्रममा करिव २८ हजार पाउण्ड संकलन

3.9K

लण्डन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी, यूके) ले आयोजना गरेको शुभकामना साँझ तथा च्यारिटी डिनर कार्यक्रममा करिव २८ हजार पाउण्ड संकलन भएको छ । बेलायतमै आयोजित तेस्रो नेपाली विश्व सम्मेलन तथा एनआरएनएको आसन्न दशौँ महाधिवेशनको अवशरमा आयोजना गरिएको कार्यक्रममा संकलन भएको सो रकम युवा तथा महिला सशक्तीकरणमा प्रयोग गरिने एनसीसी यूकेका उपाध्यक्ष गाविन्द खरेलले बताए ।

एनसीसी यूकेले संघको आसन्न दशौं महाधिवेशनमा अध्यक्ष देखी विभिन्न पदमा उम्मेरद्वारी घोषण गरेका एनआरएनका अभियान्ताहरुलाई शुभकामना दिने उदेश्ले अल्डरसटमा आयोजना गरिएको कार्यक्रमा प्रमुख अतिथिको रुपमा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रेग्मीले रचनात्मका कार्यक्रममा सधै आफ्नो सहयोग रहने बताउदै आसन्न महाधिवेशनका लागि उम्मेरद्वारा घोषणा गरेका सबैलाई शुभकामना दिँदै विदेशमा रहेका नेपालीहरुको हितका लागि राजदूतावास सहकार्य गर्न तयार रहेको स्पष्ट पारे ।

उम्मेरद्वारहरुको सन्देश
कार्यक्रममा आइसीसी अध्यक्षदेखी विभिन्न पदमा उम्मेरद्वारी घोषण गरेका प्रत्यासीहरुले भौतिक रुपमा उपस्थित र भर्चुअल रुपमा सम्बोधन गरेका थिए । केही प्रत्यासी कार्यक्रममै सहभागि भएर आफ्ना कार्ययोजनालाई संक्षिप्त रुपमा चर्चा गरेका थिए भने केही प्रत्यासीले भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

Advertisement

सो अवशरमा अध्यक्ष पदका उम्मेरद्वारा कुल आचार्यले प्रवासी नेपाली र मातृभूमिलाई सही अर्थमा जोड्ने अभियानमा आफु लागेको बताए । त्यस्तै अन्य प्रत्यासीहरुले संघलाई वास्तविक अर्थमा परोपकारी संस्थाको रुपमा संचालन गर्न लागि पर्ने प्रतिवद्धता जनाएका थिए ।

रकमको सदुपयोग र पारदर्शिता
कार्यक्रममा एनसीसी यूकेले च्यारिटीबाट संकलित रकमको उचित सदुपयोग हुने विस्वास दिलाएको छ । अध्यक्ष प्रेम गाहा मगरले जुन उदेश्यको लागि रकम संकलन ग।िएको हो, त्यही उदेश्य प्राप्तीका लागि रकम सदुपयोग गरिने बताए । त्यस्तै च्यारिटी विभागका प्रमुख संयोजक खरेलले आर्थिक पारदर्शिता पहिलो शर्त रहेको स्पष्ट पारे ।


अगष्ट पहिलो साता सम्पन्न एनसीसी यूकेको निर्वाचनबाट निर्वाचित वर्तमान कार्य समितिले एनआरएनएमा युवा र महिलाको सशक्तीकरण तथा सहभागिता वृद्धिलाई मुख्य एजेण्डा बनाएको थियो । सोही एजेण्डा कार्यान्वयनको दिशामा सिमित अगाडी बढेको कार्यक्रममा बताइएको थियो ।
एनसीसी यूकेमा नयाँ कार्य समिति चयन भएपछि आइतबार साँझ आयोजना गरिएको कार्यक्रम पहिलो र सबै भन्दा कार्यक्रम हो ।