March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

खाडी मुलुक युएईले सबै प्रकारका भिसालाई प्रवेश खुला गर्‍यो

3.9K

काठमाडौँ – मध्य पुर्वी मुलुक यूएईले नेपालसहित सबै देशबाट वैदेशिक रोजगारी, भ्रमण तथा पारिवारिक भिसा खुला गरेको छ ।

यूएईले अगस्ट ३० देखि लागू हुने गरी विश्वका सबै मुलुकका नागरिकहरुका लागि कामदारको भिसा , पर्यटक र पारिवारिक भिसा खुला गरेको खालिज टाइम्सले जनाएको छ ।

यूएईले नेपालसहित बंगलादेश, कंगो, भारत, लाईबेरिया, नामिविया, नाइजेरिया पाकिस्तान, सियरा लियोन, श्रीलंका, दक्षिण अफ्रिका, युगाण्डा, भियतनाम र जाम्बियाका नागरिकलाई यूएई प्रवेशमा लामो समयदेखि रोक लगाएको थियो ।

Advertisement

यूएई यात्रा गर्ने विदेशी यात्रुले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रमाणित गरेको कुनै पनि खोप लगाएको, उडान भर्ने बेला अनिवार्यरुपमा विमानस्थलमा पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ, क्युआर कोड सहितको रिपोर्ट र यूएईले प्रयोग गरिरहेको ‘अल होस्न’ एप्लिकेसनको आइसीए डाउनलोड गरी रजिष्टर्ड गरेको हुनुपर्ने शर्त तोकेको छ ।

कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या बढेको र संक्रमणको दर कम भएपछि यूएईले रात्रीकालीन गतिविधिहरुलाई पनि खुकुलो बनाएको छ ।