November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

युएईमा कोरोना खोप लगाएका नेपालीलाई प्रवेश खुला

4.1K

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई)ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ। युएईले आज बिहीबारदेखि लागू हुने गरी प्रवेश खुला गरेको हो।

आबुधावीस्थित नेपाली दूतावासका अनुसार युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ।

युएईको सरकारी निकायमा कार्यरत व्यक्ति, कार्यरत स्वास्थ्यकर्मी,विद्यालय तथा विश्वविद्यालयका शिक्षक, उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन्।

Advertisement

उनीहरूले युएई सरकारको अनुमति भने लिनुपर्नेछ। त्यसरी युएई प्रवेश गर्नेका व्यक्तिको हकमा नेपालको विमानस्थलमा र्‍यापिड टेस्ट हुने, विमानस्थलमा अवतरण भएपछि पीसीआर परीक्षण हुने, क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने दूतावासले जनाएको छ।