November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एनआरएनए साउदीको अध्यक्षमा यादव

2.2K

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीको अध्यक्षमा डम्बर कुमार यादव निर्वाचित भएका छन् ।

अर्का प्रतिस्पर्धी रोशन श्रेष्ठलाई हराउदै यादव २०२१-२०२३ कार्यकालको अध्यक्षमा निर्वाचित भएका हुन् ।

अनलाइन मार्फत भएको मतदानमा यादवले २२५ मत प्राप्त गरेका थिए भने उनका प्रत्यासी श्रेष्ठले २४ मत मात्र प्राप्त गरेको निर्वाचन समितिका संयोजक राजेन्द्र अर्यालले जानकारी दिए ।

Advertisement

संयोजक अर्यालका अनुसार मोबाइल एसएमएस र इमेलबाट कुल ३७६ मत खसेको थियो ।  खसेको मतमध्ये ९ मत बदर भएको थियो भने बाँकी ११८ मत निर्धारित समय सकेपछि अनाधिकृत फोन नम्बर र इमेल आएका हुनाले मान्यता नदिएको उनले बताए ।