November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी विजयी

5.9K

अष्ट्रिया – एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी विजयी भएकी छन् । तिवारीले बाबा राजेश्वरी थापालाई पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो । तिवारीले १९० मत प्राप्त गर्दा प्रतिद्धन्दी थापाले १२५ मत प्राप्त गर्नुभयो ।

२०१७-२०१९ मा एनआरएनए एनसीसी अष्ट्रियाको महिला संयोजक हुँदै २०१९ मा भने महासचिव रहेकी तिवारी यो पटक चाहिं अध्यक्षमा विजयी भएकी छन् ।

२००५ मा युरोपको साइप्रस पुगेकी तिवारी २०१२ देखि भने अष्ट्रियामा बस्दै आएकी छन्। यो १६ बर्ष देखि युरोपको बसाइले उनलाई नेपाली समुदाय मात्र होइन एनआरएनको मा पनि आवद्ध रहिन् ।

Advertisement

एनआरएनको सुरुवातीका समय देखि नै गतिबिधिमा संलग्न रहेकी तिवारीका श्रीमान पनि एनआरएनए एनसीसीका पूर्व अध्यक्ष नै थिए। त्यसैले पनि २००५ देखि नै उनि पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा एनआरएनका गतिबिधिमा संलग्न हुँदै आएको बताउँछिन।