January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

एनआरएनए कुवेतको महाधिवेशन २३ जुलाई शुक्रबार हुँदै

3.6K

कुवेत – गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको सातौ महाधिवेशन २३ जुलाई २०२१ का दिन वेवानार मार्फत हुने भएको छ।

कोभिड महामारीका कारण भौतिक रुपमा उपस्थित भएर हुन नसकेको कारण भर्चुवल मार्फत गर्न लागिएको हो। २०२१ – २०२३ को कार्यकालको लागि नेतृत्व चयनमा निर्विरोध रुपमा अध्यक्ष राणाद्वाज लामा र महासचिवमा निवर्तमान महासचिव रहेका मानबहादुर पाख्रीन निर्विरोध रुपमा चयन भएको छ।मध्य पूर्वी देश कुवेतको आइसीसी सदस्यमा पहिलो पल्ट दुइ जना चयन भएको छ। निवर्तामान वरिष्ट उपाध्याक्ष हरि कुमार लावती र माधव पौडेल आइसीसी सदस्यमा चयन भएको छ। अध्यक्ष्य र महासचिव वाहेक उपाध्यक्ष टिका आचार्य, माधव शाही, उमेश पुडासैनी र महिला उपाध्यक्षमा अमृता वान्तावा सचिवमा जीवन कुमार विश्वकर्मा र मनिश केसी पनि निर्विरोध चयन भएको छ। कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमश: प्रेम प्रसाद गुरुङ र सोनाम लामा रहेको छ।

त्यस्तै एक जना रहने युवा संयोजकको लागि नवराज पराजुली र दामोदार बटालाले उम्मेद्वारी दिएको छ भने सह युवा संयोजकको लागि आङ्ग नुर्बु शेर्पा निर्विरोध रहेको छ। महिला संयोजक र सह संयोजकमा पनि रमिता योञ्जन सजिना गुरुङ क्रमश: चयन भएको छ। ११ जना निर्वाचित सदस्यमा १२ जना उम्मेद्वारीले नाम दर्ता गराएको निर्वाचन समितिले प्रकाशित अन्तिम नामावलीमा प्रकाशन गरेको छ।

Advertisement

गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको सुजन केसीको अध्यक्षतामा २०१९-२०२१ को कार्यकाल कोरोना महामारीको बाबजुत उल्लेख्य काम गरेको थियो। नेपालीको लागि नेपाली मूल नारालाई आत्मसात गर्दै कुवेतमा समस्यामा परेका नेपालीको श्रमिकको उद्वार र सहयोगको निम्ति विसम परिस्थितिमा पनि गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले अग्र स्थानमा रहेर काम गरेका थिए। कोरोना महामारी विरुद्ध लड्न नेपाल सिलिण्डर पठाउनको लागि सहयोग संकलनको साथै विभिन्न प्राकृतिक प्रकोपमा पनि गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले राम्रो भूमिका खेलेको थियो।