November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एनआरएनए अष्ट्रियामा अध्यक्ष पदका लागि भवानी तिवारी उम्मेदवार (एजेण्डासहित)

6.4K

अष्ट्रिया – गैरआवासीय नेपाली संघ अष्ट्रिया (एनआरएनए अष्ट्रिया) को आगामी कार्यकाल (२०२१-२०२३) का लागि भवानी तिवारी अध्यक्ष पदमा उम्मेदवार भएकी छन् । तिवारी एनआरएनए अष्ट्रियाको वर्तमान महासचिव पनि हुन् ।

२००५ मा युरोपको साइप्रस पुगेकी तिवारी २०१२ देखि भने अष्ट्रियामा बस्दै आएकी छन्। यो १६ बर्ष देखि युरोपको बसाइले उनलाई नेपाली समुदाय मात्र होइन एनआरएनको मा पनि आवद्ध रहिन् । एनआरएनको सुरुवातीका समय देखि नै गतिबिधिमा संलग्न रहेकी तिवारीका श्रीमान पनि एनआरएनए एनसीसीका पूर्व अध्यक्ष नै थिए। त्यसैले पनि २००५ देखि नै उनि पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा एनआरएनका गतिबिधिमा संलग्न हुँदै आएको बताउँछिन।

२०१७-२०१९ मा एनआरएनए एनसीसी अष्ट्रियाको महिला संयोजक हुँदै २०१९ मा भने महासचिव रहेकी तिवारी यो पटक चाहिं अध्यक्षकै प्रत्यासी भएकी छन्।

Advertisement

यस्ता छन् एजेण्डाः

  1. नेपाली पहिचानको निरन्तर गर्न नेपाली समुदायको राष्ट्रिय सम्मेलन गर्ने
  2. आर्थिक श्रोत बिकास गर्ने
  3. इमिग्रेशन सपोर्ट कार्यक्रम संचालन गर्ने
  4. एनसीसीमा विभागीय जिम्मेवारी मात्र होइन कार्यसमितिका सबैलाई सक्रिय बनाउन एक व्यक्ति एक प्रोजेक्ट संचालन गर्ने
  5. नयाँलाइ प्रोत्साहन र अग्रजलाइ सम्मान गर्न नियमिति गतिबिधि गरिने
  6. नेपाली बिधार्थीहरुको सपोर्टको लागि कार्यक्रम सुरु गर्ने
  7. नेपाली भाषा कक्षा संचालनको लागि आधारभूत कुरा तय गर्ने
  8. नेपाली समुदायलाइ समेट्न एनसीसीले मासिक रुपमा जुम पब्लिक हेयरिङ्ग सुरु गर्ने
  9. बार्षिक र २ बर्षे कार्य योजना तर्जुमा, त्यसको मुल्यांकन र अनुगमन समेत गरिने
  10. २०२३ को अन्तमा एउटा स्वस्थ र सबैको एनसीसी बनाएर नयाँ नेतृवलाइ हस्तान्तरण गरिने

धादिङ जिल्लाको मैदीगाउँमा जन्मेकी भवानी तिवारीले पाटन क्याम्पसबाट स्नातक गरेकी छन्।