November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एनआरएनए स्पेनको उपाध्यक्षमा रानाभाट र श्रेष्ठ बलिया उम्मेदवार

3.6K

गैरआवासीय नेपाली संघ, स्पेनको आगामी जुलाई २६ तारिकमा आगामी कार्यकालको लागि हुने निर्वाचनमा उपाध्यक्ष पदमा कृष्ण राम रानाभाट र भुपेन्द्र श्रेष्ठ बलिया उम्मेदवार देखिएका छन् । लामो समयदेखि स्पेनको एनआरएनए अभियान र विभिन्न संघसस्थामा रहेर काम गरिसकेका दुवै जना स्पेनको नेपाली समुदाय माझ चिरपरिचित अनुहार हुन् । खुल्ला तर्फ २ जना उपाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि उम्मेद्वारी दिएका रानाभाट र श्रेष्ठले एनआरएनए स्पेनलाई अग्रणी सामाजिक संस्थाको रुपमा अघि बढाउन मुख्य भुमिका खेल्ने बताएका छन् ।

स्याङ्जा फेदिखोलाका कृष्ण राम रानाभाट सन् २००६ देखि स्पेनमा बस्दै आएका छन् । एनआरएनए स्पेनको २००९–११ कार्यकालमा सदस्य रहेका रानाभाटले स्पेनका विभिन्न संघसंस्थाको माथिल्लो तहमा रहेका काम गरिसकेका छन् । एमबिए गरेका रानाभाटले नेपालमा रहँदा अध्यापन र लेखा अधिकृतको जिम्माबारी निभाएका थिए । निकै शालिन र बौद्धिक ब्यक्तित्वमा रुपमा उनलाई स्पेनको नेपाली समुदायले चिन्ने गरेको छ । उनले एनआरएनए स्पेनको उपाध्यक्ष भएपछि टिमसँग मिलेर नेपाल घर स्थापना गर्ने, अध्यक्ष कोषको स्थापना गर्ने तथा सहकारी स्थापना गर्ने मुख्य योजना रहेको सुनाए । उनले नेपालमा रहँदा पनि विभिन्न सहकारी संस्थाको स्थापना तथा नेतृत्व गरेका थिए ।

यस्तै पर्वत जिल्लामा जन्मेर सन् २००७ देखि स्पेनको बार्सिलोनामा बस्दै आएका भुपेन्द्र श्रेष्ठ स्पेनका विभिन्न सामाजिक संघसंस्थामा रहेर सामाजिक काममा अग्रसर रहेका छन् । उनी हाल एनआरएनए स्पेनको सदस्य रहेका छन् । उनले एनआरएनएलाई आर्थिक रुपमा बलियो, दिगो र पारदर्शी बनाउन आफुले भुमिका खेल्ने बताएका छन् । एनआरएनको समुदाय केन्द्रित कार्यक्रम नभएकोले यसले युवा पुस्ता तथा बालबालिकालाई आकर्षित गर्न नसकेको भन्दै उनले आफुले सिङ्गो टिमसँग मिलेर स्पेनमा हुर्कदै गरेको नेपाली नयाँ पुस्ताका लागि काम गर्ने बताए ।

Advertisement

दुवै उपाध्यक्षका उम्मेदवारले आगामी जुलाई २६ तारिकमा अनलाइनको माध्यमबाट हुने एनआरएनए स्पेनको निर्वाचनमा उपाध्यक्ष खुल्ला पदमा आफुहरुलाई मतदान गरी आफुहरुले अघि सारेका योजनाहरु पुरा गर्ने बाटो खोलिदिन आग्रह गरेका छन् ।