July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

किरात राई चाम्लिङ खाम्बातिम बेलायतद्धारा साकेला उभौलीको शुभकामना आदान–प्रदान

550

लण्डन – किरात राई चाम्लिङ खाम्बातिम (कि.रा.चा.खा.) बेलायतले साकेला उभौली येले संम्वत ५०८१ को उपलक्ष्यमा विभिन्न देशहरुमा रहेका किराँती समुदाय र अन्य संघ संस्थाहरूसंग मिले भर्चुअल शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

किरात राईहरुको महान चाडको रूपमा मनाइने साकेला उभौली कोभिड–१९ को विषम परिस्थितिको कारण गत आईतबार २७ जुलाई २०२१ भर्चुअल माध्यमद्वारा शुभकामना आदान–प्रदान गरी मनाइएको हो ।

प्रकृति पुजक किराँती समुदायले प्रत्येक बर्ष साकेला उभौली भव्यताकासाथ मनाउने गर्दछन्। सबैजना भेला भई बिभिन्न प्रकारका साकेला सिल्ली नाच्ने, गाउने र सोही अवसरमा आफ्नो तीन चुला पुज्ने र आफ्नो पुर्खाहरूसंग आशीर्वाद माग्ने पनि गरिन्छ। परम्परागत बिधि अनुसार साकेला उभौलीको सुरूवात किराँती धामी (नछोङ,माङपा) ले सुरू गरेर अन्त्य गर्ने गर्दछ।

किराँती राईहरु एउटै समुदायमा बिभिन्न भाषा भएका, एक पृथक साथै धेरै भाषा बोल्ने र भाषाको खानीको रूपमा परिचित एक मौलिक समुदाय हुन् जो मानव सभ्यताको विकासको धरोहर को रूपमा पनि परिचित छन।

उक्त भर्चुअल कार्यक्रममा किरात राई चाम्लिङ खाम्बातिम यू के को अध्यक्ष भाग्यवती राईको अध्यक्ष्यतामा प्रमुख अतिति चाम्लिङ खाम्बातिम केन्द्रीय कार्यसमिति नेपालका अध्यक्ष श्री युवराज राई को आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा कि. रा. चा. यूकेका उपाध्यक्ष श्री किन्दरमान राईले स्वागत मन्तव्य दिएका थिए भने विशेष अतितिहरू किराँत राई यायोक्खा नेपालको अध्यक्ष श्री दिवस राई, महासचिव श्री जनक राई, आदिवासी जनजाती महासंग यू. के. का अध्यक्ष श्री कर्मा पहाडी कमान सिङ् शेर्पा, आदिवासी जनजाती महिला महासंग यूकेका अध्यक्ष श्री शान्तकला राई, कि. रा. या. यूकेका अध्यक्ष श्री कल्पना राई, कि. रा. चा. खा. नेपालका पूर्व अध्यक्ष श्री बागधन राई, मिडिया कोअर्डिनेटर तथा लीगल एड्भाइजर युनाइटेड किराँत राई अर्गनाईजेसन अफ अमेरीकाका सल्लाहकार श्री सुरेश चाम्लिङ राई लगायत अन्य गन्यमान्यहरु उपस्थित थिए ।

अन्य अथितिहरूमा किरात राई कोयी यूके अध्यक्ष डा. प्रमोद कोयी राई, किरात राई पुमा यूके गणेश राई, किराँत राई बाहिङ यूकेका श्री राम बहादुर राई, भाषिक संगठन किरात राई खालिङ यूकेका श्री पुर्ण बहादुर राई, भाषिक संगठन किरात राई मेवाहाङ यूकेका श्री ध्यान बहादुर राई, मुन्धुम तथा भाषाविद श्री गडुलमान राई, मुन्धुमविद बयानसिंग राई, मुन्धुम अध्येता पि.एच.डी. चाम्लिङ भाषा श्री भगिराज राई, बरिष्ठ गायक, संगितकार तथा मुन्धुम अध्यन केन्द्रका अध्यक्ष श्री जितेन राई, पि एच डी स्कलर सुप्तुलुङ् शान्ति देवी राई, संस्कार संस्कृतिविद जितराज राई, ङामे च्युमे महिला चा. खा. नेपालको सचिव श्री आनन्दकला राई, ङामे च्युमे चा. खा. नेपाल अध्यक्ष श्री पदम कुमारी राई, अधिवक्ता तथा संविधान मस्यौदा समितिका सदस्य श्री शान्ति कुमारी राई, भाषिक किरात राई साम्पाङ उपाध्यक्ष भबिन साम्पाङ राई, जनजाति महिला संघ यूकेका पूर्व अध्यक्ष तथा जनजाति महासंगका वर्तमान सचिव श्री बिमला कुमारी राई साथै कि. रा. चा. खा. यूकेका कार्यसमियित सल्हाकारहरू, चेरेपा लगायातको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा यूकेमा रहेका नयाँ पुस्ताहरूलाई महिनाको दुईपटक चाम्लिङ भाषा तथा संस्कार संस्कृति प्रशिक्षण दिइएको जानकारी गराउँदै बिद्यार्थीहरु कामना राई र नयन राई ले चाम्लिङ भाषामा आफ्नो परिचय दिंदै पारिवार र आफन्तहरूको बारे जानकारी गराए। कार्यक्रममा उपस्थित सबैले साकेला उभौलीको शुभकामना दिदै भौगोलिक रूपमा जहाँ रहेपनि आफ्नो भाषा, संस्कार र सँस्कृतिको जगेर्ना गर्नु र सबै भाषिक राईहरू एकजुट भर्इ सहकार्य गर्दै भाषा, संस्कार र संस्कृतिको विकास गर्नु पर्नेमा जोड दिनु पर्ने विचारहरु व्यक्त भए ।

कार्यक्रमको अन्तमा किरात राई चाम्लिङ खाम्बातिम यूकेका अध्यक्ष श्री भाग्यवती राईले प्रमुख अतिथि लगायत सहभागी सबै अतितिहरूलार्इ धन्यवाद दिंदै कार्यक्रम समापन गरे ।