गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ रकम रु. १६,७४,९०० सोह्र लाख चौरहत्तर हजार नौ सय रुपैयाँ एनआरएन केन्द्रिय कार्यलयको सचिवालयमा एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ।
एनआरएन केन्द्रिय कार्यलयको सचिवालयमा सिईओ राजेश राना, वरिष्ठ अधिकृत अनिल ढुङ्गाना र सचिवलाय सदस्य बीच आइसिसी सदस्य अमित चाम्लिङ, मानार्थ आइसिसी सदस्य सुरज मास्के, एनसिसी कुवेतका सदस्य मनोज ढकाल साथै गोरखा पत्र सहसम्पादक राजेश चाम्लिङ, समाजसेवि बलिराज खम्बु मोयथाई र राष्ट्रिय प्रशिक्षक रमा राईको उपस्तिथिमा हस्तान्तरण गरिएको थियो ।

एनआरएन कुवेत राहतकोषबाट रु. दुई लाख संस्थागत र सहयोगी संघसस्था र सहयोगी हातहरुबाट संकलित भएको रकम हस्तान्तरण गरिएको आपतकालिन राहत समिती संयोजक राना ध्वज लामाले जानकारी दिएका छन् । कोरोना भाइरसको दोस्रो लहरको भयावह स्तिथीमा देशको सातै प्रदेशमा सहयोग पुर्याउने लक्ष्यका साथ एनआरएन मध्यपुर्वले आइसिसी सचिव आरके शर्माको संयोजकत्वमा अभियान चलाइएको थियो । गैरआवासीय नेपाली संघले राहत संकलनको निम्ति मध्यपुर्वका सबै देशहरु कतार, दुबई, कुवेत,ओमान, साउदी अरेबिया र बहराइनले कठिन परिस्थितिको बाबजुद पनि खेलेको भूमिका अत्यन्तै सह्रानिय रहेको मध्यपुर्व संयोजक प्रबीण गुरुङले बताए।
“नेपालीका लागि नेपाली” भन्ने मूलनारालाई आत्मसाथ गर्दै मध्यपूर्वका श्रमीक नेपालीहरूले जन्मभुमीमा परेको प्राकृतिक विपतको घडिमा
भुकम्प जाँदा होस, बाढिपहिरो,हावाहुरीले तहसनहस बनाउदा सदैव सहयोगको लागि अग्रभागमा रहेर सहयोगार्थ रकम जुटाइ देशको विपत्तिमा सहयोग गर्दै आएको छ। महामारीको रुपमा फैलिएको कोरोना भाइरसको बेला पनि मध्यपूर्व (खाडी)का नेपालीहरुले सहयोग जुटाएका छन्।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपालीलाई विदेशमा पनि उत्तिकै आक्रान्त पारी नै रहेको छ तथापी यस्तो कठिन घडीमा आफ्नो गाँस कटाएर सहयोग गरिरहेका छन् ।
एनआरएनए कुवेतको सहयोग अभियानलाई साथै दिदै मातृभुमीको लागि आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी संघसस्थाहरु, सहयोगीहातहरु सबैलाई एनसिसी कुवेतका अध्यक्ष सुजन केसीले धन्यवाद ब्यक्त गरेका छन् । केसीले आफ्नो देशलाई सहयोग गर्नको निम्ति खट्ने एनसिसी कुवेतलाई तथा सहयोगी मनहरुलाई पनि धन्यवाद दिए । स्वदेशमा अक्सिजनको अभावले बिरामीहरू बचाँउन नसकेकिरहेको अवस्थामा एनआरएनले हातेमालो गरी मध्यपूर्वबासी सम्पूर्ण नेपालीहरूको सहयोगबाट ओमानबाट ४० लीटर क्षमताका ५६० सिलिन्डर र चाइनाबाट ५६० रेगुलेटर पठाएर नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ।