July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

बहराइनमा अवैध नेपाली श्रमिकलाई कोरोनाको खोप लगाउन नेपाली दूतावासको आग्रह

520

नेपाली दूतावास बहराइनले अवैध रूपमा काम गरिरहेका सबै नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेको छ । 

नेपाली दूतावास बहराइनसँगको समन्वयमा  विभिन्न स्थानमा खोप कार्यक्रम सञ्चालन हुने भन्दै दूतावासले खोप लगाउन अनलाइन दर्ता गर्न पनि अनुरोध गरेको छ । 

बहराइन सरकारले उपलब्ध गराएको खोप लगाउन आवश्यक दर्ता गराउन असमर्थ गैर कानुनी रूपमा काम गरिरहेका नेपाली नागरिकलाई खोप लगाउन दूतावासले अनुरोध गरेको हो । बहराइन सरकारले बहराइनी नागरिक सरह विदेशी नागरिकलाई पनि खोप उपलब्ध गराइरहेको छ ।

खोप लगाउनका लागि https:/bh.nepalembassy.gov.np/covid-19-vaccine/ मा दर्ता गर्न सकिन्छ ।