नेपाली दूतावास बहराइनले अवैध रूपमा काम गरिरहेका सबै नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।
नेपाली दूतावास बहराइनसँगको समन्वयमा विभिन्न स्थानमा खोप कार्यक्रम सञ्चालन हुने भन्दै दूतावासले खोप लगाउन अनलाइन दर्ता गर्न पनि अनुरोध गरेको छ ।
बहराइन सरकारले उपलब्ध गराएको खोप लगाउन आवश्यक दर्ता गराउन असमर्थ गैर कानुनी रूपमा काम गरिरहेका नेपाली नागरिकलाई खोप लगाउन दूतावासले अनुरोध गरेको हो । बहराइन सरकारले बहराइनी नागरिक सरह विदेशी नागरिकलाई पनि खोप उपलब्ध गराइरहेको छ ।
खोप लगाउनका लागि https:/bh.nepalembassy.gov.np/covid-19-vaccine/ मा दर्ता गर्न सकिन्छ ।