November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

चन्द्र तिवारीद्धारा एनआरएनए अष्ट्रेलियाको युवा उपसंयोजकमा उम्मेदवारी घोषणा

3.7K

अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी निर्वाचनका लागि युवा समाजसेवी चन्द्र तिवारीले युवा उपसंयोजकमा उम्मेदवारी दिएका छन् ।

लामो समयदेखि अष्ट्रेलियामा रहेर बिभिन्न सामाजिक गतिविधी मार्फत आफुलाई समाजसँग जोड्दै आइरहेका तिवारीले सामाजिक गतिबिधिमा संलग्न हुने क्रममा समाजलाई दिएको मात्रै नभई समाजबाट पनि अमुल्य ज्ञान र अनुभब संगालेको उनी बताउँछन् ।

‘एनआरएनएमा मेरो आबद्धता लामो भएपनि पहिलोपटक म सन् २०१९ – २०२१ को कार्यकालमा एनआरएनएको (ACT)  युवासंयोजक भएर काम गरिराखेको छु,’ उम्मेदवारी घोषणा गर्दै उनले भनेका छन्, ‘मेरो कार्यकाल कति सफल भयो र कति असफल भयो भन्ने कुराको लेखा जोखा गर्ने जिम्मा यहाँहरुलाई नै छोड्दै अब फेरि राष्ट्रियस्तरमै बसेर युवाहरुका समस्यालाई ठुलो फोरममा राख्न र सम्बोधन गर्न गराउन सक्छु भन्ने आत्मबिश्वासका साथ म आफ्नो दाबेदारी प्रस्तुत गरेको छु ।’

Advertisement

सामाजिक कार्य र अशल आचरण मार्फत् एनआरएनए प्रतिको नकारात्मक धारणालाई परिवर्तन गराउन र युवालाई एनआरएनको मुल प्रबाहमा जोड्नु आफ्नो कोशिस रहने उनले बताएका छन् ।

सबैको अमूल्य मतको अपेक्षा राख्दै एनआरएनए अष्ट्रेलियाको सदस्यता लिन पनि अष्ट्रेलियावासी नेपाली समक्ष अनुरोध गरेका छन् ।