July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

कुवेत प्रवेश गर्न दुवै डोज खोप लगाएकालाई अनुमति

375

कुवेत सरकारले कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई अगस्ट १ देखि प्रवेश गर्न अनुमति दिने भएको छ ।

फेब्रुअरी महिनादेखि कुवेतले विदेशी नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएको थियो।  कोरोना महामारी नियन्त्रणका लागि कुवेतले रोक लगाएको लामो समय पछि  दुवै डोज खोप लगाएकाहरूलाई आउँदो अगस्ट १ देखि खुला गर्ने निर्णय गरेको हो । 

कुवेतले पाँच कम्पनीका खोप फाइजर, बायोएनटेक, मोर्डेना, जोनसन एण्ड जोनसन र एस्ट्रजेनेकालाई अनुमति दिएको छ ।  तर यी कम्पनीका खोप नेपालमा भने आएका छैनन् । नेपालमा यी खोपहरु उपलब्ध नहुँदा नेपाली श्रमिकहरुलाई भने अहिले तत्काल लाभ हुने अवस्था रहेको छैन। 

कुवेत जाने यात्रुको साथमा ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट पनि अनिवार्य हुनु  पर्नेछ । साथै कुवेत पुगेपछि सात दिन क्वरेण्टीनमा अनिवार्य बस्न पर्नेछ ।